सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

ओलीले भने–ढुक्क हुनुहोस् सूर्य चिन्ह हाम्रो हो

शनिबार, १८ पुस २०७७, १७ : ००
शनिबार, १८ पुस २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चुनाव चिन्हमा कसैले दावी गर्न नमिल्ने बताएका छन् । राजधानीमा आफूपक्षीय भेलालाई शनिबार सम्बोधन गर्दै ओलीले भने, ‘ढुक्क हुनुहोस् सूर्य चिन्ह हाम्रो हो ।’ 
उनले प्रचण्ड  र माधव नेपाललाई फोहोरको संज्ञा दिँदै फोहोरलाई नदीको छालले किनारमा फ्यालेको टिप्पणी गरे । 

‘त्रिशूली नदीमा फोहोर परेको देख्नु भयो भने छालले त्यसलाई किनारमा फ्याक्छ।  नेपालको कम्युनिष्ट आन्दोलनले त्यसैगरी फोहोरलाई फ्याक्छ,’ उनले भने । 

उनले कम्युनिस्ट आन्दोलनलाई तलमाथि हुन नदिने भन्दै उचाइमा लगिछाड्ने उद्घोष समेत गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप