बेलायती सेनाका पूर्वप्रमुखको एक चौथाई सम्पत्ति गोर्खालीलाई
लण्डन । बेलायती सेनाका पूर्व ‘डिफेन्स स्टाफ चिफ’ लर्ड एडविन ब्रामलले आफ्नो सम्पत्तिको २५ प्रतिशत हिस्सा गोर्खा वेल्फेयर ट्रस्टलाई दान गरेका छन् । गत वर्ष नोभेम्बरमा निधन भएका ब्रामले निधन हुनु केही महिना अघि मात्र मृत्यु पश्चात आफ्नो सम्पतिको एक चौथाई हिस्सा गोर्खा वेलफेयर ट्रष्टलाई दिनको लागि विल अर्थात इच्छापत्र गराएका थिए ।
यसैगरी बाँकी तीन हिस्सामध्ये ह्याम्पशायरको अल सेन्ट चर्चलाई एक हिस्सा र बाँकी दुई हिस्सा भविष्यमा जन्मिने उनका पनाति-पनातिनाको लागि छुट्याएका छन् । बेलायती पत्रिका डेली मेलले दिएको जानकारी अनुसार उनको सम्पति ४ लाख ८६ हजार २ सय ५९ पाउण्ड मूल्य बराबरको रहेको उल्लेख छ ।
जसमध्येको एक हिस्सा एक लाख २१ हजार ५६४ पाउण्ड गोर्खा वेलफेयर ट्रष्टले प्राप्त गर्नेछ । रकम प्राप्त गर्नको लागि आवश्यक कागजी प्रक्रिया अगाडि बढेको गोर्खा वेलफेयर ट्रष्टले जनाएको छ ।
सन् १९८५ मा सेनाबाट रिटायर्ड भएका लर्ड ब्रामलले आफ्नो सेवा अवधिमा १० वर्ष गोर्खा राइफलमा बिताएका थिए । तेसपछि उनले गोर्खाहरुको साहस र इमान्दारीको खुल्ला रुपमा प्रशसा गर्दै आएका थिए । गोर्खा वेल्फेयर ट्रस्टका एक संरक्षकसमेत रहेका लर्ड ब्रामलको ९५ वर्षमा मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने