जर्मनीमा प्रतिबन्ध थप कडा गर्ने तयारी, चीनले डब्ल्यूएचओको समूहलाई अनुसन्धानका लागि अनुमति दियो
संसारभरी कोरोना संक्रमितको संख्या ९.१३ करोडभन्दा बढी पुगेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार ६ करोड ५२ लाखभन्दा बढी निको पनि भइसकेका छन् । हालसम्म १९ लाख ५२ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
जर्मनीमा खोपका लागि मञ्जुरी दिइसकिएको छ तर सरकारले खतराका लागि निकै सतर्क छ । मंगलबार यहाँ चान्सलर एंगेला मर्केलले एक महत्वपूर्ण बैठकको आयोजना गर्न लागेकी छिन् । मर्केलको सरकारले प्रतिबन्धमा थप कडाई गर्ने अनुमान गरिएको छ । अर्कोतर्फ डब्ल्यूएचओले कोरोनाभाइरसको उत्पत्तिका लागि अनुसन्धान गर्ने योजनामा भएको आफ्नो समूहलाई चीनले अनुमति दिएपछि यो निर्णयलाई स्वागत गरेको छ ।
जर्मनीमा कडा प्रतिबन्धको तयारीः
जर्मन चान्सलर एंगेला मर्केलले मंगलबार एक महत्वपूर्ण बैठकको आयोजना गर्न लागेकी छिन् । यसअघि स्थानीय मिडियाले स्कूल, कलेजलाई फेब्रुअरी १ सम्म बन्द राख्ने घोषणा गर्न सक्ने र यात्रामा केही शर्तसमेत लागू हुने अनुमान गरेका छन् ।
मर्केलले पहिले नै स्पष्ट पारिसकेकी छिन् कि जर्मनी कुनै पनि प्रकारको जोखिम उठाउन चाहँदैन किनभने उनका अनुसार स्थिती खराब हुँदै गइरहेको छ । नागरिकलाई ९ किलोमिटरको दायराभन्दा बाहिर जाने अनुमति नदिइने पनि आंकलन गरिएको छ ।
डब्ल्यूएचओले चीनको निर्णयको स्वागत गर्योः
चीनले आइतबार बिहान डब्ल्यूएचओका समूहलाई देशमा भाइरस फैलिएको बारे अनुसन्धान गर्नका लागि अनुमति दिएको जानकारी दियो । यो यसकारण पनि विशेष छ किनभने थुप्रै महिनादेखि चीनले यो मञ्जुरी दिएको थिएन । अमेरिकाले यसका लागि थुप्रै प्रश्न उठाएको थियो । यद्यपि, चीन डब्ल्यूएचओको टीमलाई मात्रै अनुमति दिइरहेको छ । चीन स्वतन्त्र विशेषज्ञको समूहलाई मञ्जुरी दिनका लागि तयार छैन । यसमा अमेरिका र युरोपका विज्ञ पनि समावेश छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण