अमेरिकामा कोरोनाको नयाँ प्रकार मार्चसम्म तीब्र रुपमा बढ्न सक्ने स्वास्थ्य अधिकारीको चेतावनी
अमेरिकाका स्वास्थ्य अधिकारीले कोरोनाभाइरसको नयाँ भेरियन्ट जुन सबैभन्दा पहिला बेलायतमा देखिएको थियो, त्यसले मार्च महिनासम्म अमेरिकामा सबैभन्दा ठूलो समूहलाई संक्रमित गर्न सक्ने चेतावनी दिएका छन् ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले यस्तो चेतावनी दिएको हो । सिडिसीका अनुसार अबको केही हप्तामा भाइरसको यो नयाँ भेरियन्टको तीब्र फैलावट देख्न पाइनेछ ।
सिडिसीका अनुसार हिउँद अघि नै कोरोना संक्रमितको संख्यामा लगातार वृद्धि देखिएको थियो, यस्तोमा नयाँ भेरियन्ट बढ्दा स्वास्थ्य प्रणालीमा भारी दबाब पर्ने सम्भावना छ ।
शुक्रबार नव–निर्वाचित राष्ट्रपति जो बाइडेनले महामारीसँग लड्ने आफ्नो योजना पेश गरेका थिए । तत्पश्चात् सिडिसीले यस्तो चेतावनी दिएको हो ।
जो बाइडेनका अनुसार खोप अभियान तीब्र गर्नु पर्नेछ । यसका लागि उनले एक योजना पनि पेश गरेका छन् ।
विशेषज्ञका अनुसार कोरोनाको नयाँ भेरियन्ट पहिलाको तुलनामा थुप्रै गुणा संक्रामक छ तर यो नयाँ भेरियन्ट पहिलेको तुलनामा बढी घातक छ भन्ने कुराको कुनै प्रमाण भेटिएको छैन ।
तर केही विशेषज्ञले अहिलेको खोपले कोरोनाको यो नयाँ भेरियन्टमा खासै प्रभावकारी नहुने आशंका पनि व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण