टिकाको ‘माया लुकी लुकी’ले बनायो १० करोडको रेकर्ड
काठमाडौं । गायिका टिका प्रसाईंको गीत ‘माया लुकी लुकी’ले एउटा रेकर्ड बनाउन सफल भएको छ । युट्युवमा १० करोड बढी भियुज पाएको यो गीत नेपाली एल्बमको गीतहरु मध्ये अहिलेसम्मकै धेरै भियुज पाउने गीत बन्न सफल भएको हो ।
२०१८ जुन ७ मा सार्वजनिक गीतले समाचार तयार गर्दासम्म १० करोड ५५ हजार वढी भियुज पाएको छ । गीतलाई ४ लाख १५ हजार लाइक र ४९ हजार डिस लाइक पाएको छ । आनन्द अधिकारीको शब्द तथा आशिष अविरको संगीत रहेको गीतमा एरेन्ज समेत अविरलकै रहेको छ ।
काटुर्न क्रियुज माफी फिचरिङ गरिएको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाइको छायाँकन, प्रविन श्रेष्ठको सम्पाद रहेको छ । भिडियो सरोज अधिकारीले निर्देशन गरेका हुन् । गीतबाट थुप्रै अवार्ड समेत हात पार्न सफल गायिका प्रसाईलाई यो गीतको असफलताले आगामी दिनको लागि चुनौती समेत थपिएको बताउँछिन् ।
‘गीतले नेपालमा एउटा रेकर्ड बनाएको छ । त्यो हिसावले एकदमै खुसी छु’ उनले भनिन्–‘अब पहिलेको भन्दा उत्कृष्ट गीत कसरी दिने भन्ने चुनौती मलाई छ ।’ २०५८ सालमा पहिलोपटक ‘के गर्नु हो तिम्रो कसम.. ’ र ‘तिम्रो दिलको कुनाकानी’ गीतबाट गायन सुरुवात गरेकी प्रसाई पछिल्लो समय फिल्मको पाश्र्व गायनमा समेत जमेकी छन् ।
अहिलेसम्म ४ सयभन्दा बढी गीत रेकर्ड गराइसकेकी टिकाका ‘नाइ मलाइ थाहा छैन’, ‘सेल्फीको जमाना’, ‘चट्ट सलाम’, ‘एउटा कुरा भनौं’ लगायत थुप्रै गीत हिट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकको बढ्दो आकर्षणले निम्त्याउने चुनौती र अवसर
-
म्याग्दे गाउँपालिकाले सगरमाथा आरोहण गर्नेलाई पाँच लाख दिने
-
आज पनि माइतीघरमा सुकुमबासीहरुको प्रदर्शन
-
लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर
-
चिनियाँ बक्स अफिस हिट ‘डियर यू’ ले सिङ्गापुरमा छेडेको पहिचान बहस
-
उदयपुरमा टिपर दुर्घटना, ७ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण