तीन दिनदेखि हराइरहेका १० वर्षीय बालक जङ्गलमा मृत फेला, हत्याको आशङ्का
सारांश
- कैलालीको धनगढीमा तीन दिनदेखि हराइरहेका १० वर्षीय बालक तनुज चौधरीको शव बीभत्स अवस्थामा जङ्गलमा फेला परेको छ।
- गत बुधबारदेखि सम्पर्कविहीन भएका बालकको शव फेला पर्दा घटनास्थलमा रगत लतपतिएका ढुङ्गा र उनको साइकल बरामद भएको छ।
- प्रारम्भिक अनुमानका आधारमा प्रहरीले बालकको हत्या भएको हुनसक्ने भन्दै घटनास्थलको सूक्ष्म अनुसन्धान सुरु गरेको छ।
धनगढी । कैलालीको धनगढीमा तीन दिनदेखि बेपत्ता रहेका एक बालकको शव बीभत्स अवस्थामा फेला परेको छ।
धनगढी उपमहानगरपालिका–१७, उत्तरखैरेनीस्थित मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरी शुक्रबार स्थानीय जङ्गलमा मृत भेटिएका हुन्।
गत बुधबार साँझदेखि सम्पर्कविहीन भएका चौधरीको खोजी गर्ने क्रममा प्रहरी र स्थानीय बासिन्दाले जङ्गलमा उनको शव भेटाएका थिए। घटनास्थलको प्रकृति हेर्दा बालकको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। शव फेला परेको स्थानमा रगत लतपतिएका ढुङ्गाहरू र बालकले प्रयोग गर्ने साइकल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार बालकको शव केही सडिसकेको अवस्थामा भेटिएको छ। उर्मा बोर्डिङ स्कुलमा कक्षा २ मा अध्ययनरत ती बालकको मृत्युबारे थप तथ्य पत्ता लगाउन प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर सूक्ष्म अनुसन्धान सुरु गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
-
नेकपा कोशीले बनायो १ हजार ४९९ सदस्यीय समिति, प्रचण्डले गराए शपथ
-
उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न
-
लागुऔषधविरुद्ध झापा प्रहरीको ‘स्वीप अपरेसन’
-
यी हुन् रास्वपाका निर्वाचित ७ पदाधिकारी र ९९ केन्द्रीय सदस्य (सूचीसहित)
-
१० बजे १० समाचार : भद्रगोल व्यवस्थापनकैबिच सकियाे रास्वपा महाधिवेशन, विवाद मिलाउन नेता फेरिएको फेरियै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण