शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा कोरोना संक्रमणबाट २ महिलाको मृत्यु

बुधबार, ०७ माघ २०७७, १८ : ०४
बुधबार, ०७ माघ २०७७

पोखरा । पोखरामा कोरोना संक्रमणबाट २ जना महिलाको मृत्यु भएको छ । दुवै जना महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा पोखरा महानगरपालिकाको वडा नं २९ की ३५ वर्षीय महिला र स्याङ्जाकी ७० वर्षीय महिला रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए । मृत्यु भएकी पोखराकी ३५ वर्षीय महिलामा पुष २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोभिड निमोनिया र हेपाटाइटिसको समस्या रहेको डा.शर्माले बताए । 

त्यसैगरी बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै मृत्यु भएकी स्याङ्जाको बिरुवा गाँउपालिका वडा नं ५ की ७० वर्षीय महिलामा मंगलबार मात्र कोरोना संक्रमणको पुष्टि भएको थियो । उनमा कोभिड निमोनियाका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट २०२ जनाको मृत्यु भएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप