नेकपाले शासन गर्ने वैधानिकता सकिएको छ : गगन थापा
काठमाडौं । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले शासन गर्ने वैधानिकता सकिएको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित प्रतिनिधिसभा विघटन र संवैधानिक अन्योल विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता थापाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले शासन गर्ने वैधानिकता र वैधता सकिएको बताएका हुन् । नेकपाले निर्वाचनबाट प्राप्त जनादेश गुमाएको उनको भनाई छ ।
जनादेश गुमाउँदा राजनीतिक निष्ठाको आधारमा जनतासँग क्षमा माग्नुपर्ने भएपनि दुवै पक्षले क्षमा नमागेको उनले बताए । नेता थापाले सर्वोच्च अदालतमाथि सबैले आशाको नजरले हेरेको भन्दै संविधान अनुरुप सहि फैसला गर्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता रमेश लेखकले संविधान र लोकतन्त्रमा कम विश्वास गर्नेले संसद विघटन गरेको बताए । कम्युनिष्टको अधिनायकवादी र सर्वसत्तावादी चेतनाको कारण संसदी विघटन भएको उनको भनाई छ । यसको सम्पूर्ण अब्जस नेकपाले बोक्नुपर्ने उनले बताए ।
नेता लेखकले नेपाली काँग्रेस संसद पुर्नस्थापनाको निम्ति भूमिका निर्वाह गर्ने र सर्वोच्च अदालतले संसद पुनस्र्थापना नगरे निर्वाचनमा सहभागी हुने बताए । पुनस्र्थापना पनि नहुने र निर्वाचन पनि नहुने अवस्थामा नेपाली काँग्रेस आन्दोलनमार्फत संविधानलाई ट्रयाकमा ल्याउन तयार रहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण