प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा
शुक्रबार, ०९ माघ २०७७, १५ : २६
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको सुनुवाइ शुक्रबार ‘हेर्दाहेर्दै’ मा टुंगिएको छ । संवैधानिक इजलासमा शुक्रबार रिट निवेदकका तर्फबाट रिट निवेदकसमेत रहेका अधिवक्ता शालिकराम सापकोटा, वरिष्ठ अधिवक्ता नरहरि आचार्य, अधिवक्ताहरु सुलोचना धिताल, कपिलप्रसाद अधिकारी, राजुप्रसाद चापागाईं, उमेशप्रसाद साह, पूर्णराज घिमिरे, नारायणप्रसाद तिमिल्सिनाले बहस गरेका थिए ।
रिट निवेदनमाथिको सुनुवाईले आइतबार निरन्तरता पाउने भएको छ । रिट निवेदकका तर्फबाट तीन सयभन्दा कानुन व्यवसायीले बहसका लागि वकालतनामा बुझाएका कारण पछिल्ला दिनमा इजलासले कानुन व्यवसायीलाई बहस छोट्याउन आग्रह गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण