चाँगुनारायणबाट हनुमानढोकासम्म कलश यात्रा, तस्बिरमा हेर्नुस्
बिहीबार, १५ माघ २०७७, १९ : ११
काठमाडौं । बिहीबार भक्तपुरको चाँगुनारायणबाट हनुमानढोकासम्म कलश यात्रा गराइएको छ । शासकहरुमा जनतामैत्री चेतनाको विकास होस् भन्ने उद्धेश्यका साथ चाँगुनारायणबाट हनुमानढोकासम्म कलश यात्रा गराइने चलन छ । कलश चाँगुनारायणबाट हनुमानढोकासम्म हिँडेर ल्याउने चलन छ । त्यसपछि हनुमानढोकामा जीवित देवी कुमारीलाई साक्षी राखेर पुजा गरेपछि राष्ट्रपति भवनमा लैजान परम्परा छ ।
सो कलश राष्ट्रपतिलाई दर्शन गराएर चाँगुनारायण लैजाने चलन छ । मल्लकालदेखि शाहकालसम्म भने कलश राजदरबारमा लगिन्थ्यो । कलशको पुजापछि हनुमानढोकास्थित त्रिशुल चोकमा धुनी बालिन्छ । धुनी बालेपछि गर्मीयाम सुरु हुन्छ भन्ने धार्मिक मान्यता छ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म निर्देशक कृष्ण चापागाईँको निधन
-
रास्वपा दैलेखमा पदाधिकारी घोषणा भइसकेपछि खसेको भन्दा बढी मत भेटियो
-
डिउटीका प्रहरीमाथि हातपात गरी दुर्घटना गराउने ट्याक्टर भगाउने दुई जना पक्राउ
-
गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम
-
अल्भारेजका लागि रियलको १५० मिलियन युरोको प्रस्ताव एट्लेटिकोद्वारा अस्वीकार, सामाजिक सञ्जालमा उडायो खिल्ली
-
रास्वपा बागमतीको सभापतिमा ४ जनाको उम्मेदवारी कायम, सांसद भण्डारी बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण