प्रचण्ड–माधव पक्षले विराटनगरमा शक्ति प्रदर्शन गर्दै
काठमाडौं । प्रतिनिधि सभा विघटन गर्ने सरकारको प्रतिगामी कदमविरुद्ध संघर्षरत नेकपाको प्रचण्ड–माधव पक्षले शुक्रबार प्रदेश १ को प्रमुख शहर विराटनगरमा शक्ति प्रदर्शनसहित विरोधसभाको आयोजना गरेको छ ।
तेस्रो चरणको आन्दोलन अन्र्तगत प्रचण्ड माधव पक्षले काठमाडौ बाहिर रुपन्देहीको बुटवलपछि विराटनगरमा प्रदर्शन गर्न लागेको हो ।
विरोधसभा अघि आसपासका क्षेत्रबाट १२ बजे र्याली निकाल्ने र १ बजे विराटनगरको जनआन्दोलन चोकमा सभा सुरु हुने प्रदेश १ का नेता जीवन घिमिरेले जनाकारी दिए । सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सम्बोधनका लागि अध्यक्ष नेपाल र बरिष्ठ नेता झलनाथ खनाल बिहीबार बेलुका नै विराटनगर पुगिसकेका छन् भने प्रचण्ड शुक्रबार बिहान झापा हुँदै विराटनगर जाने क्रममा छन् ।
यसअघि बिहीबार बुटवलमा भएको विरोधसभामा उल्लेख्य सहभागीता भएपछि प्रचण्ड–माधव उत्साहित भएका छन् । तेस्रो चरणको आन्दोलन अन्र्तगत माघ २८ गते काठमाडौमा व्यापक प्रदर्शन गर्ने केन्द्रीय संघर्ष समितिले जनाएको छ । प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदम नसच्चिएसम्म आन्दोलन जारी राख्ने प्रचण्ड–माधव पक्षको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण