बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्ड–माधव पक्षले विराटनगरमा शक्ति प्रदर्शन गर्दै

शुक्रबार, १६ माघ २०७७, १० : ४५
शुक्रबार, १६ माघ २०७७

काठमाडौं । प्रतिनिधि सभा विघटन गर्ने सरकारको प्रतिगामी कदमविरुद्ध संघर्षरत नेकपाको प्रचण्ड–माधव पक्षले शुक्रबार प्रदेश १ को प्रमुख शहर विराटनगरमा शक्ति प्रदर्शनसहित विरोधसभाको आयोजना गरेको छ ।

तेस्रो चरणको आन्दोलन अन्र्तगत प्रचण्ड माधव पक्षले काठमाडौ बाहिर रुपन्देहीको बुटवलपछि विराटनगरमा प्रदर्शन गर्न लागेको हो ।

विरोधसभा अघि आसपासका क्षेत्रबाट १२ बजे र्याली निकाल्ने र १ बजे विराटनगरको जनआन्दोलन चोकमा सभा सुरु हुने प्रदेश १ का नेता जीवन घिमिरेले जनाकारी दिए । सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्बोधनका लागि अध्यक्ष नेपाल र बरिष्ठ नेता झलनाथ खनाल बिहीबार बेलुका नै विराटनगर पुगिसकेका छन् भने प्रचण्ड शुक्रबार बिहान झापा हुँदै विराटनगर जाने क्रममा छन् ।

यसअघि बिहीबार बुटवलमा भएको विरोधसभामा उल्लेख्य सहभागीता भएपछि प्रचण्ड–माधव उत्साहित भएका छन् । तेस्रो चरणको आन्दोलन अन्र्तगत माघ २८ गते काठमाडौमा व्यापक प्रदर्शन गर्ने केन्द्रीय संघर्ष समितिले जनाएको छ । प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदम नसच्चिएसम्म आन्दोलन जारी राख्ने प्रचण्ड–माधव पक्षको तयारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप