बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्ड–माधव पक्षको केन्द्रीय समिति बैठकको समय सर्‍यो, शीर्ष नेता छलफलमा

सोमबार, १९ माघ २०७७, १० : ३९
सोमबार, १९ माघ २०७७

नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले सोमबार केन्द्रीय कमिटी बैठक बोलाएको छ । सोमबार ११ बजेका लागि बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बैठक बोलाएको बैठक दुई घण्टापछि १ बजे मात्र बस्ने भएको छ ।

बैठकमा माघ २८ गते काठमाडौंमा हुन लागेको विरोध प्रदर्शन र अन्य समसामयिक विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पार्टीको आधिकारिकता विवाद निर्वाचनका विषयमा बैठकमा केन्द्रित हुने उनको भनाइ छ ।

बैठकअघि पार्टीका शीर्ष नेताहरुको बैठक यतिबेला पार्टी मुख्यालय पेरिसडाँडामा बसिरहेको छ । कार्यालय सचिव श्रीराम ढकालका अनुसार आजको केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्नका लागि नेताहरु बीच छलफल भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको निर्णय लिएपछि प्रचण्ड नेपाल समूह आन्दोलित छ । संसद् पुनर्स्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने उक्त अडानमा छ । नेकपा यतिबेला केपी ओली र प्रचण्ड नेपाल गरी दुई कित्तामा विभाजित छ । दुबै समूहले आधिकारिता दाबी गरिरहेका छन् ।

तर ११ माघमा आयोगले नेकपाका दुवै पक्षलाई आधिकारिकता दिन अस्विकार गरेको थियो । आयोगले ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी नै आधिकारीक भएको निर्णयसमेत गरेको छ। ४ सय ४१ जनामध्ये आफूहरूसँग २ सय ९७ जना केन्द्रीय सदस्य रहेको प्रचण्ड–नेपाल पक्षको दाबी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप