शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस संगठन नेपाल र मधेशी पत्रकार समाजद्वारा विधान विपरित भएको कार्य नमान्ने

शुक्रबार, २३ माघ २०७७, १३ : ३४
शुक्रबार, २३ माघ २०७७

जनकपुर । नयाँ सदस्यता तथा नवीकरण सदस्यतामा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ ले अनियमित तरिकाले केन्द्रीय समितिमा सफारिस गरेको भन्दै विरोध भएको छ । नेपाल पत्रकार महासंघ प्रदेश– २ ले विधान विपरित नयाँ सदस्यता र नवीकरणका लागि गरेको सिफारिस प्रति प्रेस संगठन नेपाल प्रदेश समिति र मधेशी पत्रकार समाज नेपाल प्रदेश २ ले बेग्लाबेग्लै विज्ञप्ति जारी गरि आपत्ति जनाएको हो ।

प्रेस संगठन नेपाल प्रदेश २ का संयोजक हिरालाल चौधरी र मेधशी पत्रकार समाज प्रदेश २ को अध्यक्ष वीरेन्द्र रमणद्वारा विज्ञप्तिमा महासंघका प्रदेश अध्यक्ष दिपेन्द्र चौहान र सचिव गुरुप्रसाद गौतमले चोरबाटोबाट विधान विपरित नयाँ सदस्यता तथा नवीकरणका लागि गरेको सिफारिसप्रति हाम्रो ध्यानाकर्षण भएको जनाएको छ ।

अध्यक्ष र सचिवसहित महासंघमा आबद्ध प्रादेशिक समितिका पदाधिकारीहरुले विधान मिचेर प्रदेशमा रहेको ८ वटै जिल्लाका महासंघ जिल्ला शाखाको क्षेत्राधिकारलाई अवमूल्यन गरी नयाँ सदस्यता र नवीकरणका लागि गरेको सिफारिस अमान्य रहेको जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

महासंघको प्रादेशिक समितिले पत्रकारिता क्षेत्रमा रहेका क्रियाशील व्यक्ति सदस्यताबाट वञ्चित गर्दै निहत आस्थाका आधारमा तथा परिवार र नातावादलाई मलजल गर्दै अपारदर्शीरुपमा गरेको कार्य गलत रहेको ठहर समेत विज्ञप्तिमा छ ।

तर हाम्रो संस्थासंग आस्था राख्ने क्रियाशील संचारकर्मीहरुलाई सदस्यता र नवीकरणबाट वञ्चित गराउने कार्य गलत रहेको समाजका अध्यक्ष रमणले बताए ।

संगठनका प्रदेश अध्यक्ष हिरालाल चौधरीले नेपाल पत्रकार महासंघको विधान २०६० को चौथो संशोधन २०७३ को परिच्छेद ४ को दफा १८ को उपदफा २ (छ) मा सदस्यता सम्बन्धि निर्णयको अनुमोदन गर्ने, आवश्यक सुनुवाई गरी टुङ्गो लगाउने प्रष्ट प्रावधान हुँदाहुदैन पनि शाखा सँग कुनै किसिम पत्राचार र छलफलै नगरी विपरित आवेदन लिई नयाँ सदस्यता र नवीकरणको सिफारिस गर्नु गलत रहेको बताए ।

समाजका अध्यक्ष रमणले भने– विधान विपरित गरिएको त्रुटिपूर्ण सिफारिस अविलम्ब सच्याउन माग गर्दछौ, अन्यथा उत्पन्न हुने परिस्थतिको जिम्मेवार महासंघको प्रादेशिक हुनेछ ।

यता शाखामा आवेदन नै नदिएकाहरुलाई पनि दलगत आधारमा क्षेत्राधिकार बाहिर गएर प्रदेशका अध्यक्षले तिनीहरुलाई सदस्यता र नवीकारणका लागि सिफारिस गरेको भन्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बञ्जाराले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप