शालीनदी माधवनारायण व्रतालुको परदेश यात्रा, तस्बिरमा हेर्नुहोस्
साँखुस्थित शालीनदीमा माधवनारायण व्रत बसेका व्रतालुले परदेश यात्रा गरिरहेका छन् । परदेश यात्राका क्रममा व्रतालु खाली गोडा हिँडेरै जानुपर्ने नियम छ । जसअनुसार व्रतालु माघ २७ गते शालिनदीबाट बज्रयोगिनी ढोकासम्म दुंदनेगु (अष्ठाङ्ग दण्डवत गर्दै गएका थिए । यस्तै आज साँघुबाट व्रतालु बज्रयोगिनी हुँदै पशुपति पुगेका हुन् । पशुपतिमा उनीहरुले स्थानका साथै दर्शन गरेका छन् ।
माघ २९ गते पशुपतिबाट फर्पिङ व्रतालु फर्किङ बास बस्न पुग्नेछन् । त्यसको भोलिपल्ट उनीहरु साँखु पुग्नेछन् । यस्तै फागुन २ गते साँखुबाट पनौती बास बस्न जाने छन् भने पनौतीबाट फेरि साँखु बास बस्ने गरी व्रतालु फर्कनेछन् ।
यस्तै व्रतालुले फागुन ४ गते श्रीपञ्चमी पर्व मनाउने छन् भने फागुन ७ गते लगला सप्तमी पर्व मनाएर फागुन ९ गते द्रोण नवमीका दिन व्रतालुलाई खीर खुवाइने प्रचलन रहेको छ ।
यस्तै द्रोण नवमीको भोलिपल्ट साँखुबाट चाँगुनारायणमा बास बस्ने गरी परदेश यात्रा गर्ने माधवनारायण व्रत विधि छ । फागुन १२ गते चाँगुनारायणबाट साँखुमा बास बस्न बस्ने, फागुन १४ गते देव निमन्त्रणा गरी फागुन १५ गते अश्वमेध यज्ञ अर्थात् व्रत साङ्गे गरिन्छ ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत माघ १५ देखि सुरु भएको थियो ।
व्रतालुको पशुपति स्नान र दर्शनको तस्बिरहरु:




















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म निर्देशक कृष्ण चापागाईँको निधन
-
रास्वपा दैलेखमा पदाधिकारी घोषणा भइसकेपछि खसेको भन्दा बढी मत भेटियो
-
डिउटीका प्रहरीमाथि हातपात गरी दुर्घटना गराउने ट्याक्टर भगाउने दुई जना पक्राउ
-
गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम
-
अल्भारेजका लागि रियलको १५० मिलियन युरोको प्रस्ताव एट्लेटिकोद्वारा अस्वीकार, सामाजिक सञ्जालमा उडायो खिल्ली
-
रास्वपा बागमतीको सभापतिमा ४ जनाको उम्मेदवारी कायम, सांसद भण्डारी बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
