प्रतिगमनबिरुद्ध कोरियामा प्रदर्शन
राजु श्री
कोरिया । नेकपाको प्रचण्ड–माधव समुहनिकट प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाले कोरियाको बुसान शहरमा प्रतिगमनबिरुद्ध बिरोध कार्यक्रम आयोजना गरेको छ । फागुन १ गतेका दिन बुसान क्षेत्रले २६ औँ ऐतिहासिक जनयुद्द दिवसको उपलक्ष्य पारेर शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम आयोजना गरेको थियो ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका निमित्त शाहादत दिने वीर शहीदहरुको सम्झना गर्दै शुरु भएको कार्यक्रम प्रतिगमनका बिरुद्ध र्याली निकालेर समापन भएको थियो ।
कार्यक्रमका सम्पूर्ण वक्ताहरुले जनयुद्धको जगमा स्थापित भएको पछिल्ला सम्पूर्ण राजनीतिक उपलब्धीहरुलाई हर हालतमा रक्षा गर्नु पर्ने धारणा राखेका थिए । गणतन्त्रका बिरोधिहरुले पूर्ण स्थापित भैनसकेको व्यवस्था नै मास्न खोजेकाले जुनसुकै मूल्य चुकाएर भए पनि आजका युवाहरुले यो व्यवस्था जोगाउन लाग्नु पर्ने सबैको साझा धारणा रहेको थियो ।
कार्यक्रममा संगठनका केन्द्रिय सदस्य तथा विभिन्न विभागका इन्चार्जसहित क्षेत्रीय कमिटीका सदस्यहरुको उपस्थित रहेको थियो ।
औपचारिक कार्यक्रम समापन पश्चात् नेपालीहरुको बाहुल्यता रहेको क्षेत्रमा कोरियाको नियम कानुनलाई मध्यनजर गर्दै असंवैधानिक कदमको बिरोधमा ब्यानर सहितबिरोध र्याली निकालिएको संगठनको अनुशासन विभाग संयोजक सन्तोष बरालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण