शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बिहान कफि पिउँदा हुने आश्चर्य लाग्दा फाइदाहरु

मङ्गलबार, ०४ फागुन २०७७, ११ : ३२
मङ्गलबार, ०४ फागुन २०७७

कफिमा क्याफिनको मात्रा अत्यधिक हुने भएकाले यसको सेवनले शरीरमा नकारात्मक असर पुर्याउछ भन्ने त सबैलाई थाहा नै छ । तर, कफिको सेवनले विभिन्न फाइदाहरु पनि गर्छ । 

डिमेन्शिया 
कफिले बिहान जगाउँने मात्र होइन यसले डिमेन्शियाबाट पनि बचाउँछ । यति मात्र होइन एक अनुसन्धानका अनुसार क्याफिनले मस्तिष्कमा भएको एन्जाइम्सलाई शक्ति प्रदान गर्छ । र यसले न्यूरोन्सलाई सुरक्षा दिन्छ भने मिसफोल्डर प्रोटिनसँग लड्न पनि मद्दत गर्छ । 

फाइबर बढाउँछ 
हरेक दिन एक कफि पिउँदा १.८ ग्राम फाइबर प्राप्त हुन्छ । हरेक दिन एक जनालाई २० देखि ३८ ग्राम फाइबरको आवश्यकता पर्छ । 

गम्भीर रोगको खतराबाट बचाउँछ 
सन् २०१५ मा गरिएको रिसर्चको अनुसार दिनभरीमा कम्तिमा ४ कप पिउँदा थुप्रै रोग लाग्नबाट बचाउँछ । न्युरल इन्फ्लेमेशनलाई बचाउने भएकाले रोगहरु लाग्नबाट बचाउँछ । 

बोसो पगाल्न
क्याफिनमा पाइने तत्वले बोसो पगाल्न मद्दत गर्छ । अनुसन्धानका अनुसार क्याफिनले ३ प्रतिशतदेखि ११ प्रतिशतसम्म मेटाबोलिकदर बढाउँछ । क्याफिनले पातलो व्यक्तिमा १० प्रतिशतदेखि मोटोपना २९ प्रतिशतसम्म बोसो पगाल्न मद्दत गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप