नराम्रो सपना देखे के गर्ने ?

नकारात्मक विचारका कारण प्रायः व्यक्तिले नराम्रो सपना देख्ने गर्छन् । निदाएको समयमा देखिने सपनाले मिश्रित फल दिने विश्वास गरिन्छ ।
राम्रो सपनाले खुशी दिलाउँछ भने नराम्रो सपना देखेमा हामी जो कोहिलाई पनि मनमा डर पैदा गराउँछ । नराम्रो सपना देखेमा विभिन्न नकारात्मक आशंकाहरु पनि मनमा आइरहन्छ । बिहान देखिएको सपना पूरा हुने ज्योतिषशास्त्रमा उल्लेख छ ।
नराम्रो सपना देखेमा सूर्यको स्तुति गर्नुपर्ने ज्योतिषशास्त्रमा उल्लेख छ । यस्तो स्तुतिले नराम्रो सपनाको प्रभावबाट बच्न सकिने बताइन्छ । त्यसैले बिहान उठेर सूर्यको स्तुति पाठ गर्ने गर्नुपर्छ ।
सूर्यले अन्धकार नष्ट गराउँछ । यो स्तुतिले नराम्रो सपनाले पुर्याउने क्षति पनि कम गर्ने ज्योतिषशास्त्रमा उल्लेख छ ।
स्तुति:
आदित्यः प्रथमं नाम, द्वितीयं तु दिवाकरः
तृतीयं भास्करं प्रोक्तं, चतुर्थं च प्रभाकरः
पंचमं च सहस्त्रांशु, षष्ठं चैव त्रिलोचनः
सप्तमं हरदिश्वश्च, अष्टमं च विभावसुः
नवमं दिनकृत प्रोक्तं, दशमं द्वादशात्मकः
एकादशं त्रयीमूर्त्तिर्द्वादशं सूर्य एव च
द्वादशैतानि नामानि प्रातःकाले पठेन्नरः
दुःस्वप्ननाशनं सद्यः सर्वसिद्धि प्रजायते
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धनलाई पराजित गर्नुपर्छ, २०८४ मा एमालेको एकल बहुमतको सरकार बनाउनुपर्छ : केपी ओली
-
जीवास्म इन्धनबारे ओपेकको अडान जारी, वार्ता सकारात्मक टुङ्गोमा पुग्नेमा चीन आशावादी
-
गाजामा भएको हताहतका लागि अमेरिका नै जिम्मेवार हुनुपर्छ : अब्बास
-
पहिलेको तुलनामा सफा देखियो पशुपति क्षेत्र
-
एनसेल सेयर बिक्री प्रकरणको निष्पक्ष छानबिन गर्न माग
-
आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शर्मा