शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री र राष्ट्रपतिको कदम अलोकतान्त्रिकः पूर्व राष्ट्रपति यादव

शुक्रबार, ०७ फागुन २०७७, १८ : ३०
शुक्रबार, ०७ फागुन २०७७

जनकपुर । पूर्व राष्ट्रपति डा.रामवरण यादवले प्रधानमन्त्री केपी शर्माओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदम अलोकतान्त्रिक रहेको टिप्पणी गरेका छन् । शुक्रवार जनकपुरधाममा नेपाली काँग्रेसका नेता डा.शोभाकर पराजुलीद्वारा लिखित बीपी विचार संग्रह पुस्तकको विमोचन समारोहमा बोल्दै पूर्व राष्ट्रपति डा.यादवले  सो कुरा बताएका हुन् । उनले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीका कारण लोकतन्त्र संंकटमा परेको बताउँदै प्रधानमन्त्री र राष्ट्रपतिको कदम असंवैधानिक रहेको स्पष्ट पारे । 

पूर्वराष्ट्रपति यादवले राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई साथ दिएर गलत गरेको बताए । उनले राष्ट्रपति भण्डारी आफ्नो पदीय दायित्वबाट विमुख भई दलीय स्वार्थमा लागेको आरोप समेत लगाए । पूर्वराष्ट्रपतिले भने– ‘दल विभाजनको अध्यादेश ल्याउनु, राष्ट्रपतिद्वारा त्यसको सदर गरिनु, संवैधानिक परिषदमा आफ्ना मान्छेलाई भर्ती गर्नु लगायतका घटनाक्रमले पनि लोकतन्त्रमाथि बारम्बार प्रहार हुँदै आएको र यस्तो परिस्थतिमा निर्वाचनमा जानु भनेको दलहरुले आफ्नो टाउको फुटाउनु बाहेक केही होइन ।’

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले प्रधानमन्त्रीको कदम संघीय लोकतन्त्रिक गणतन्त्रको पक्षमा नरहेको बताए । उनले सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीकै कदमलाई सदर गर्ने हो भने संसद विघटन गर्नुको कानूनी आधार खुलाउनुपर्ने बताए ।

वर्तमान अवस्थामा निर्वाचन हुने कुनै अवस्था नरहेको भन्दै उनले प्रधानमन्त्रीको कदम विरुद्ध सबै लोकतन्त्र पक्षधर एक भई अघि बढनुपर्ने आवश्यकता रहेको औल्याए । डा. कोइरालाले वर्तमान समस्याको विकल्प निर्वाचन नभई संसद पुनःस्थापना रहेको दावी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप