महिलाको कामुकतालाई पाप मानिन्छ : एकता कपूर
बलिउड उद्योगकी टेलिभिजन क्विन एकता कपूरले बारम्बार महिलाहरुको अधिकारको बारेमा आवाज उठाउने गरेकी छन् । उनले फेरि एकपटक महिलाको निजी हकको बारेमा बोलेकी छन् ।
धेरैजसो देशका महिलाको यौनको विषयमा गरिने कुराकानीलाई पाप मानिन्छ । तर ‘लिपस्टिक अंडर माय बुर्का’, ‘द डर्टी पिक्चर’, ‘डॉली किटी’ र ‘वो चमकते सितारे’ जस्ता फिल्मले महिलाको यौनको विषयमा उठाएको मुद्दा सही भएको बताएकी छन् ।
उनले भनेकी छन्, 'अधिकांश देशमा महिलाको कामुकतालाई पाप मानिन्छ । मलाई थुप्रै पटक टीभि सीरियलमा महिलाहरुलाई सारी, सिन्दुर लगाएर देखाएको विषयलाई लिएर प्रश्न गर्ने गरिन्छ । तर देशमा महिलाको विकास भएको देख्दा निकै हैरान हुन्छु । सारी वा स्विमसुट लगाउनु महिलाको निजी इच्छा हो ।'
उनले रुढीबादी महिलाहरुको समस्यामा घरेलु हिंसाहरुको विषय धेरै हुने भएपनि अन्य महिलाहरुको समस्या अलग अलग हुने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ