नेकपा निकट दुई पेसागत महासंघबीच एकता घोषणा
सोमबार, १७ फागुन २०७७, १४ : ११
काठमाडौं । पेसागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीच एकता घोषणाा भएको छ । तत्कालीन नेकपा एमाले निकट पेसागत महासंघ र तत्कालीन नेकपा माओवादी निकट कर्मचारी महासंघबीच सोमबार काठमाडौंमा एकता घोषणा भएको हो ।
एमाले र माओवादीबीच २०७५ जेष्ठ ३ गते पार्टी एकता भएपनि दुई पार्टी निकट पेसागत संगठनबीचको एकता टुंगिन बाँकी थियो । आज त्यसलाई एकता घोषणा गरिएको हो । नेकपा दुई भागमा विभाजन भए पनि पेसागत संगठनमा ठूलो असर देखिएको छैन । नेकपा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूह निकट दुई महासंघबीच एकता भएको हो । त्यसमा नेकपा केपी ओली समूह निकट पेसागत महासंघका नेता कार्यकर्ताको सहभागी छैन ।
कार्यक्रममा नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले सम्बोधन गर्नेछन् । प्रचण्ड र नेपाल कार्यक्रममा पुगिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण