एस्कर्ट्सको नयाँ डीगम्याक्स थ्रीइ मेसिन नेपालमा
काठमाडौ । आइएमई अटोमोटिभ्स् प्रा.लिले एस्कर्ट्सको हेभिइक्यूपमेन्ट सेगमेन्टमा नयाँ मेसिन डीगम्याक्स थ्रीइ ब्याक्होलोडरको बिक्री खुल्ला गरेको छ । नयाँ मेसिन अत्याधिक कार्यक्षमतासहित डिजाईन अरुभन्दा फरक रहेको कम्पनीले जनाएको छ ।
अपरेटरलाई काम गर्न सजिलो होस् भनेर ठुलो क्याबिन बनाइनुका साथै फ्युल इफिसेन्सीमा बिशेष ध्यान दिएको छ भने डीगम्याक्स थ्रीइ ब्याक्होलोडरमा अगाडि रहेको बोनेट हुडलाई इटालीयन क्याबिन डिजाइनबाट साभार गरी बिशेष आकर्षक बनाइएको छ ।
यसैगरी रात्रीकालीन समयमा काम गर्न सजिलो होस् भन्ने उद्देश्यका साथ मेसिनको लाइटिङ्ग सिस्टममा पावरफुल तथा ठुलो साइजका लीड लाइटहरु प्रयोग गरिएको छ ।
अपरेटर कम्फर्टलाई ध्यानमा राखी आरामदायी सिट र राम्रो भेण्टिलेसन सिस्ट्म जडान गरिएको पनि कम्पनीले जनाएको छ । कम्पनीले भनेको छ, ‘अगाडि र पछाडि दुबैतिर क्याबिनको झयाल खोल्न सकिनेछ जस्ले गर्दा अपरेटरलाई मेसिन चलाउँदा भिजिबिलिटी राम्रो हुनेछ । स्टेरिङ्ग चलाउँदा सजिलो होस् भनेर आफ्नो इच्छा अनुसार एडजस्ट पनि गर्न सकिने पावर स्टेरिङ्ग दिइएको छ ।’
यस्तै सहजै मेसिन संचालन गर्नलाई स्विच साथै इन्सट्रुमेन्ट बोर्डहरुमा लाइटिङ्गको व्यवस्था गरिएको छ भने टुल्सहरु राख्न एक्स्ट्रा स्पेसको प्रावधान रहेको छ । यो मेसिन बजारमा उपलब्ध मसिनहरुभन्दा अत्याधुनिक तथा युजर फ्रेण्डल्ली भएको कम्पनीका बिजनेस हेड कुलदीप घिमिरेले बताए । डीगम्याक्स थ्रीइ चौथो जेनेरेसन फिचर्समा आधारित छ ।
नेपालमा एस्कर्ट्सको झण्डै ११०० युनिट भन्दा पनि बढि मेसिनहरु छन् भने आइएमई अटोमोटिम्सले देशभरका १२ वटै शाखा अन्तर्गत २०१४ देखि एस्कर्ट्स कन्ट्रक्सन इक्युपमेन्टका ब्याक्होलोडर, सोइल कम्पयाक्टर, हाइड्रा क्रेनहरु बिक्रि वितरण गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच पहिलो खेल आज