५ हजार एम्पुल लागु औषधसहित नागढुंगाबाट दुईजना पक्राउ
काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगा चेक प्वाइन्टबाट प्रहरीले ५ हजार एम्पुल लागुऔषधसहित दुई जनालाई पक्रेको छ । पक्राउ पर्नेमा पर्सा छिपरमाई गाउँपालिका–५ घर भएका ३५ वर्षीय उपेन्द्रकुमार र बारा सुवर्ण गाउँपालिका–७ घर भएका सोनुकुमार यादव छन् ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले उनीहरुको साथबाट ५ हजार एम्पुल लागु औषध बरामद गरेको छ । बिहिबार पर्साबाट काठमाडौं आउँदै गरेको ना ६ख ६३७७ नम्बरको बसमा उपेन्द्रले लागुऔषध ल्याएका थिए । उनको साथबाट ७ सय एम्पुल नुर्फिन, ९ सय एम्पुल डाइजेपाम र ७ सय एम्पुल फेनारगन बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
बुधवार वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना १ ज ७४५० नम्बरको सुमोमा सवार सोनुको साथबाट प्रहरीले २७ सय एम्पुल लागुऔषध बरामद गरेको छ । १९ वर्षीय सोनुको साथबाट ९ सय एम्पुल फेनारगन, ९ सय एम्पुल डाइजेपाम र सोही परिमाणमा नुर्फिन बरामद गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच पहिलो खेल आज
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर