शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वर्षाको फिल्मको नाम फेरियो

सोमबार, २४ फागुन २०७७, १६ : ४१
सोमबार, २४ फागुन २०७७

काठमाडौँ । फिल्म ‘कालिपुरुष’को नाम परिवर्तन भएको छ । छायाँकनमा जाने तयारीमा रहेको फिल्मको नाम ‘कालिपुरुष’बाट परिवर्तन गरेर ‘ए साथी सुन’ राखिएको निर्माण युनिटले जनाएको छ ।
राम राघव आचार्यको निर्देशन रहने फिल्ममा केही अगाडि अभिनेत्री बर्षा सिवाकोटी अनुबन्धित भएकी थिइन् । फिल्ममा वर्षाको अलवा रमेश बानियाँको समेत मुख्य भूमिका रहनेछ । 

सस्पेन्स थ्रीलर बिषयमा निर्माण हुन लागेको फिल्म विना कार्कीको लगानीमा बन्न लागेको हो । फिल्मको छायाँकन धरानमा हुने बताइएको छ । 
फिल्म छायांकन सुरु हुनै लाग्दा अभिनेत्री बर्षा भने अहिले दुबई पुगेकी छन् । उनी ब्यवसायको सिलसिलामा त्यहाँ पुगेकी हुन् । पछिल्लो समय कस्मेटिक ब्यवसाय सुरु गरेकी बर्षाले केही अगाडि फिल्म ‘सुदूर’ समेत छाडेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप