शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

निर्मम दमनका बावजुद म्यानमारमा जारी छ आन्दोलन, तस्विरमा हेर्नुहोस्

आइतबार, ०८ चैत २०७७, १४ : ३६
आइतबार, ०८ चैत २०७७

शान्तिपूर्ण प्रदर्शनमाथि सुरक्षाकर्मीको ब्यापक दमनका बावजुद म्यानमारमा बिरोध प्रदर्शन जारी रहेको छ । गत वर्ष सम्पन्न निर्वाचनमा ब्यापक धाँधलीको आरोप लगाउँदै फेब्रुअरी १ मा गरिएको सैन्य ‘कू’ पछि म्यानमारमा हरेक दिन प्रदर्शनहरु हुँदै आइरहेका छन् । र, हरेक दिन तीन प्रदर्शनहरु माथिको दमन झनै निर्मम भइरहेको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार प्रदर्शनमा हालसम्म १४९ जनाले ज्यान गुमाइसकेका छन् । तर, वास्तविक संख्या योभन्दा कयौँ गुणा बढी भएको विश्वास गरिएको छ । एसोसिएटेड प्रेसले यो संख्या २४७ पुगेका बताउँछ । प्रजातान्त्रिक विधिबाट चुनिएको जननिर्वाचित सरकारलाई पुनर्बहालीको मागसहित म्यानमारमा जनता आन्दोलनरत छन् । आइतबार स्वास्थ्यकर्मीहरु समेत सडकमा उत्रिएर शान्तिपूर्ण प्रदर्शन गरेका छन् । हालसम्म २३ सयभन्दा बढी पक्राउ परेका छन् भने १९९४ जना अझै हिरासतमा रहेका छन् ।

यो महिना भएका प्रदर्शनका झलकहरू :

फोटोहरु : रोयटर्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप