बढेको बजारमा यी पाँच लघुवित्तको सेयरले सबैभन्दा बढी कमाए, कसको कति पुग्यो मूल्य ?
काठमाडौं । सेयर बजारमा ६३.३८ अंकको बृद्धि भएको छ । बढेको बजारमा अधिकांश लघुवित्त कम्पनीको बर्चस्व छ । तीनवटा लघुवित्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यसमध्ये मिथिला लघुवित्त वित्तिय संस्थाले सबैभन्दा बढी कमाएको छ । यसको सेयर मूल्य १ हजार सात सय ३८ रुपैयाँ पुगेको छ ।
यता सूर्योदय लघुवित्त वित्तिय संस्थाको पनि सेयर मूल्य १० प्रतिशतले बढेर १ हजार ९ सय ६९ रुपैयाँ पुगेको छ ।
स्वरोजगार लघुवित्त बैंकको सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ । यसको सेयर मूल्य १ हजार २ सय ८७ रुपैयाँ पुगेको छ । यस्तै सामुदायिक लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य १ हजार २ सय ९९ रुपैयाँ छ । यसको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको हो । यस्तै समिट लघुवित्त वित्तिय संस्थाको पनि सेयर मूल्य ९.९८ प्रतिशतले बढेर १ हजार ३ सय ३४ पुगेको छ । सेयर बजारमा आज कुल ५ अर्ब ९१ करोड ९८ लाख २४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण