बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय खोपमा भएको गल्ती चिनियाँ खोपमा नदोहोरियोस्

मङ्गलबार, १७ चैत २०७७, १० : ४९
मङ्गलबार, १७ चैत २०७७

अर्जेन्टिना, बहराइन, इजिप्ट, मोरक्को, पाकिस्तान, पेरू र यूनाइटेड अरब इमीरेट्समा परीक्षण सम्पन्न भएको चीनको भ्याक्सिन निर्माता कम्पनी सिनोफार्म (Sinopharm ) द्वारा विकसित कोभीड–१९ भ्याक्सिन नेपाल आइपुगेको छ । मित्रराष्ट्र चीनले यस भ्याक्सिनका ८ लाख डोज नेपाललाई अनुदानस्वरुप उपलब्ध गराएको हो ।

चिनियाँ कम्पनी सिनोफार्मद्वारा उत्पादित यो भ्याक्सिन 'इनएक्टीभेटेड' अथवा 'किल्ल्ड'  ( inactivated or  killed  ) भ्याक्सिन हो ।  नेपालमा यस अघि आएको अक्सफोर्डको सीरम इंस्टीट्यूट निर्मित कोभीशिल्ड  (Covishield (ChAdOx1_nCoV ) 'लाइभ' (live ) भ्याक्सिन हो।

दुबै 'किल्ड 'अथवा 'लाइभ' भ्याक्सिन परम्परागत प्रविधि 'भाइरल भेक्टर' (Viral vector) प्रविधिबाट बनाइन्छन् । 'किल्ड' भ्याक्सिनमा भाइरसको 'जेनेटिक म्याटेरियल' प्रयोग गरिएको हुन्छ भने 'लाइभ' भ्याक्सिनमा कमजोर पारिएको  (attenuated ) भाइरस नै प्रयोग गरिएको हुन्छ । कोभीशिल्ड भ्याक्सिनमा एडिनो भाइरसको प्रयोग गरिएको हो ।

नेपालमा आएको सिनोफार्म कम्पनी उत्पादित भेरो सेल ( BBIBP-corV) भारतको स्वदेशी भ्याक्सिन भारत बायोटेकको कोवैक्सीन (BBV152) र चीनको अर्को भ्याक्सिन सिनोवाक बायोटेकले बनाएको कोरोनावाक (coronavac  ) जस्तै 'भेरो सेल' (vero  cell ) भ्याक्सिन हो ।

भेरो सेल (vero  cell )  'इनएक्टीभेटेड' अथवा 'किल्ल्ड' भ्याक्सिन बनाउने प्रविधि हो । यसबाहेक अन्य प्रविधिका भ्याक्सिन पनि बनिसकेका छन् । नयाँ प्रविधि एमअरएनए  (Mrna ) बाट बनेको फाइजर भ्याक्सिन Nucleoside modified Mrna प्रविधिको हो भने मॉर्डरोनाको भ्याक्सिन Mrna   based vaccine encapsulated in lipid nanoparticle (LNP) प्रविधिमा आधारित छ । अर्को प्रविधि Recombinant Novel Coronavirus vaccine, Peptide antigen ,Recombinant protein subunit,  Novel recombinant SARS  CoV-2 Spike (S)-Trimer fusion protein, का भ्याक्सिन पनि उपलब्ध भइसकेका छन् ।

उपलब्ध भएका सबै भ्याक्सिन गुण र दोषमा लगभग समान छन् । अहिले विश्वमा देखिएका कोरोनाका नयाँ–नयाँ भेरिएन्ट विरुद्ध यिनको प्रभावकारिता हुने नहुने केही निश्चित भइसकेको छैन । अर्को सबैभन्दा ठूलो समानता यी सबै भ्याक्सिनका दुइवटा डोज ( जोनसन  एन्ड जोनसनबाहेक )लिनु आवश्यक रहेको छ । पहिलो डोजका रूपमा एउटा भ्याक्सिन लिएको मानिसले दोस्रो बूस्टर डोजका रूपमा अर्को कम्पनीको भ्याक्सिन लिन मिल्दैन । त्यहीँ कम्पनीको भ्याक्सिन लिनु अनिवार्य  रहेको छ ।

मेडिकल साइन्समा एउटा कम्पनीको भ्याक्सिन नै बूस्टर डोजका रूपमा लिनुलाई homologous  बूस्टर डोज भनिन्छ ।  र, पहिलो डोजका रूपमा एउटा भ्याक्सिन लिएर अर्को बूस्टर डोजका रूपमा अर्को भ्याक्सिन  लिनुलाई Heterologous बूस्टर डोज भनिन्छ । कोरोना भ्याक्सिनको केसमा Heterologous डोज लिनुलाई स्वीकृति प्राप्त भएको छैन।

 


नेपालमा भारतको सीरम इन्स्टीट्यूटद्वारा उत्पादित २३ लाख ४८ हज़ार थान भ्याक्सिन आएको थियो ।  जुन दुइ डोजका हिसाबले ११ लाख ७४ हजार जनाका लागि सीमित थिए ।  तर नेपाल सरकारले झण्डै साढे १६ लाख मानिसलाई भ्याक्सिनको पहिलो डोज दिएर गल्ती  गर्‍यो ।  अब नेपालसँग  दोस्रो बूस्टर डोजका लागि झण्डै ७ लाख भ्याक्सिनको उपलब्धता मात्रै छ । झण्डै १० लाख भ्याक्सिनको अभाव देखिएको छ । अर्थात् पहिलो डोज लिएका साढ़े १६ लाख मध्ये ७ लाखले मात्रै दोस्रो डोज लिन पाउँछन् । बाँकीका व्यक्तिले दोस्रो डोज पाउने सम्भावना क्षीण हुँदै गइरहेको छ ।  भारतले थप  कोभिशिल्ड भ्याक्सिन नदिएसम्म यी व्यक्तिले दोस्रो डोज लिन पाउँदैनन् ।

चीनबाट आएको ८ लाख भ्याक्सिन वितरणमा सरकारले पुनः यस्तो गल्ती गर्न हुँदैन ।  संसारभरी भ्याक्सिनको चरम अभाव छ ।  एकपटक आएको कुनै कम्पनीको भ्याक्सिन पुनः आउने, नआउने केही निश्चित छैन । यस्तोमा देशमा आएको भ्याक्सिन दुइ डोजको हिसाब गरी वितरित गर्नु नै बुद्धिमानी हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी विज्ञान डेस्क
रातोपाटी विज्ञान डेस्क
लेखकबाट थप