शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘क्रसरोड्स–कथा तिम्रो र मेरो’ कबड्डीकी रिश्मा

सोमबार, २३ चैत २०७७, १३ : ०८
सोमबार, २३ चैत २०७७

काठमाडौँ । फिल्म ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’ को छायाँकन सुरु भएको छ । अरविन्दराज गुरुङको निर्देशन रहने फिल्म प्रेमकथामा बन्न लागेको हो । नेपाल र भारतको दार्जिलिङ, सिक्किम र कोलकाताका रमणीय स्थानमा छायाँकन हुने बताइएको फिल्म अरविन्दराज प्रोडक्सन र आनजिग प्रोडक्सन यूकेको सहकार्यमा निर्माण हुन लागेको हो । फिल्ममा रिश्मा गुरुङ, बुद्धि तामाङ, गौरव मल्ल प्रधान र रिकजंग दोर्जे भुटियाको अभिनय रहनेछ ।

निरेम प्रोडक्सन कुवेत र सुप्रिया तामाङको सहयोग रहेको चञ्चल थापाको छायाँकन रहनेछ । यसअगाडि फिल्म ‘कबड्डी’ मा अभिनय गरेर चर्चामा आएकी अभिनेत्री रिश्मा गुरुङले फिल्मको कथा मन परेकोले आफूले ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’ मा अभिनय गर्न लागेको बताइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप