लुम्बिनी प्रदेशमा माओवादीका दुई सांसद पदमुक्त
नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका लुम्बिनी प्रदेशका २ सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सदस्यद्वय दधिराम न्यौपाने र दिनेश पन्थी पदमुक्त भएका हुन् । प्रदेश सभाको आजको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले न्यौपाने र पन्थीको सांसद पद रिक्त भएको जानकारी गराएका हुन् ।
उनले नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयका साथै प्रदेश सभा संसदीय दलको निर्णयको पत्र सचिवालयमा प्राप्त भएको जानकारी गराएका थिए। ‘प्रदेश सभाको नियमावलीको १ सय ९२ बमोजिम दल त्यागको सूचना बैठकलाई दिएमा त्यस्तो सदस्यको स्थान रिक्त रहने मानिने छ भन्ने व्यवस्था अनुसार माननीय सदस्य श्री दधिराम न्यौपाने र माननीय सदस्य श्री दिनेश पन्थीको प्रदेश सभा सदस्य पद आजका मितिबाट रिक्त रहने व्यहोरा सम्मानित सभालाई जानकारी गराउँछु’, सभामुख घर्तीले बैठकमा बताए ।
न्यौपाने रुपन्देही क्षेत्र नम्बर १ (२) र दिनेश पन्थी गुल्मी क्षेत्र नम्बर २(२) बाट निर्वाचित प्रदेश सभा सदस्य थिए। उनीहरुलाई एमालेमा लागेपछि पार्टीले २४ घण्टे स्पष्टीकरण सोधको थियो । तर कुनै जवाफ नफर्काएपछि पार्टीले संसदमा पत्राचार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण