शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार महासंघ ललितपुरको मतगणना जारी, उपत्यका प्रदेशमा विपुल प्यानलको अग्रता

बिहीबार, २६ चैत २०७७, ०० : ४५
बिहीबार, २६ चैत २०७७

काठमाडौं । नेपाल पत्रकार महासंघ ललितपुरको मतगणना जारी छ । जारी मतगणनामा १०० मत गन्दा उपत्यका प्रदेशका अध्यक्षका प्रत्यासी श्रीजन झाले ७२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दीले २३ मत प्राप्त गरेका छन् । उपाध्यक्षका प्रत्यासी वीरबहादुर लामाले ६७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वीले २५ मत प्राप्त गरेका छन् ।

त्यस्तै महासचिवका प्रत्यासी टेनिस रोकाले ५६ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी ३६ मत प्राप्त गरेका छन् । त्यस्तै सचिवका प्रत्यासी रोशनराज पाण्डेले ६४ मत प्राप्त गरेका छन् । त्यस्तै कोषाध्यक्षका प्रत्यासी अर्जुन पन्तले ७० मत प्राप्त गरेका छन् भने उनको प्रतिद्वन्द्वीले २४ मत प्राप्त गरेका छन् । समावेशी सचिवका प्रत्यासी अमर भुजुले ५९ मत प्राप्त गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप