शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमण बढेपछि काठमाडौं महानगरले थाल्यो विद्यालयका प्रअसँग छलफल

शुक्रबार, २७ चैत २०७७, १६ : २०
शुक्रबार, २७ चैत २०७७

काठमाडौं । कोरोना संक्रमण बढ्न थालेसँगै काठमाडौं महानगरपालिका भित्रका विद्यालय बन्द गर्ने वा सञ्चालनलाई निरन्तरता दिनेबारे काठमाडौं महानगरले छलफल थालेको छ । नयाँ प्रकारको कोरोना संक्रमणको लहर सुरु भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गर्न सिफारिस गरेसँगै महानगरले आफ्नो क्षेत्रभित्र रहेका विद्यालयका प्रधानाध्यापकसँग छलफल अघि बढाएको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले रातोपाटीलाई जानकारी दिए । विद्यालयका प्रअहरूको सुझावका आधारमा महानगरपालिकाले निर्णय गर्ने उनले बताए । 

मेयर शाक्यले भने– ‘काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रअहरूसँग छलफल भइरहेको छ । उनीहरुले के कस्तो सुरक्षा तयारी गरिरहेका छन्, सकेसम्म अरु सामाजिक गतिविधिलाई पनि असर नपर्नेगरीकन स्वास्थ्य मापदण्ड पालना गरेर गर्न सकिन्छ कि भनेर हामीले छलफल थालेका छौँ । अहिले महानगरका हेड सरहरु जम्मा भएर विद्यालय सुधारदेखि कोरोना संक्रमणका बिच कसरी विद्यालय सञ्चालन गर्ने भन्नेबारे पनि छलफल गरिरहेका छन् । उहाँहरुको सुझाव आइसकेपछि हामी थप निर्णय गर्छौँ ।’

काठमाडौं उपत्यकामा जात्रा पर्वको समय आएकोले त्यसलाई भाँड्ने गरी सूचना जानकारी आएको भन्दै जात्रा पर्व  व्यवस्थित ढंगले सञ्चालनका लागि महानगरले भूमिका निर्वाह गर्ने मेयर शाक्यले जानकारी दिए । उनले उपत्यकाका भित्रका सांस्कृतिक जात्रा रोक्नेबारे कुनै निर्णय नभएको र जात्रा पर्व सुरक्षा सावधानी अपनाउँदै व्यवस्थित ढंगले अघि बढ्ने उल्लेख गरे । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप