एएसएमको पहिलो एल्बम ‘एएसएम वान’ सार्वजनिक
नेपाली साङ्गीतिक क्षेत्रको रक विधामा आफ्नो छुट्टै स्थान बनाउन सफल एएसएम ब्यान्डले आफ्नो पहिलो एल्बम सार्वजनिक गरेको छ ।
शुक्रबार साँझ झम्सीखेलस्थित ‘बियर्स एण्ड चियर्स’ रेष्टुरेन्टमा एक कार्यक्रमका बीच ‘एएसएम वान’ नामको एल्बम सार्वजनिक भएको हो ।
एल्बममा १२ वटा गीत छन् । जसमध्ये सातवटा अंग्रेजी भाषामा छन् भने बाँकी पाँचवटा नेपाली भाषामा छन् ।
एएसएमको नयाँ एल्बम नुडल एपबाट डाउनलोड गर्न सकिन्छ । एल्बमका गीत सुन्नका लागि नुडल एपबाट इसेवामार्फत् पाँच सय रुपैयाँ भुक्तानी गरेपछि डाउनलोड गर्न सकिन्छ । एक हप्तापछि शुल्क बढाइनेछ जुन एक हजार रुपैयाँ पुग्नेछ ।
ब्यान्डका भोकलिस्ट अभिषेक शंकर मिश्राले एक वर्षपछि एल्बम सार्वजनिक गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । एल्बम एक वर्ष अघि नै सार्वजनिक गर्ने निश्चित भइसकेता पनि कोरोना महामारीमा कारण यस्तो हुन सकेको थिएन ।
उनले भने, ‘पहिलो एल्बम भएर पनि होला । हामी निकै उत्साहित थियौं । एल्बम बनाउँदाको प्रक्रिया पनि निकै रमाइलो रह्यो । चुनौती आफ्नो ठाउँमा थिए नै । ’
कार्यक्रममा अत्यधिक मानिसहरुको उपस्थितीले आफू निकै उत्साहित भएको बताउँदै अभिषेक भन्छन्, ‘हामीले कार्यक्रममा आफ्नो प्रस्तुती दिँदा धेरैले हामीसँगै गाउनुभएको थियो । धेरैलाई हाम्रो गीतको शब्द थाहा रहेछ । यसले हामीलाई निकै उत्साहित बनायो । यो एल्बम दर्शकमाझ पहिले नै लोकप्रिय भइसकेको छ ।’
अब एएसएम ब्यान्ड आफ्नो दोस्रो एल्बमको तयारीमा जुटेको छ । दोस्रो एल्बमका १० वटा गीत अब रेकर्डिङ हुन मात्रै बाँकी भएको अभिषेक बताउँछन् । ‘सबैकुरा ठिक भए हामी यस वर्षको दशैं तिहारमा दर्शकमाझ दोस्रो एल्बम पस्कनेछौं ।’
एएसएम चार सदस्ययुक्त ब्यान्ड हो । भोकल र गितारमा अभिषेक छन्, लिड गितारमा सायिद शाक्य छन् भने, निकेश मानन्धर ड्रम र क्याहनमा छन् । यस्तै साइमन उप्रेती बेस र भोकलमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचन : इलाम र बझाङका ३० जना उम्मेदवारहरूको भाग्यको फैसला आज
-
आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी