तस्बिरमा हेर्नुहाेस् घाेडेजात्राकाे राैनक
आइतबार, २९ चैत २०७७, १७ : १२
आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइएकाे छ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो ।
यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो ।
साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।






















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिउटीका प्रहरीमाथि हातपात गरी दुर्घटना गराउने ट्याक्टर भगाउने दुई जना पक्राउ
-
गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम
-
अल्भारेजका लागि रियलको १५० मिलियन युरोको प्रस्ताव एट्लेटिकोद्वारा अस्वीकार, सामाजिक सञ्जालमा उडायो खिल्ली
-
रास्वपा बागमतीको सभापतिमा ४ जनाको उम्मेदवारी कायम, सांसद भण्डारी बाहिरिए
-
कश्मीरको हिंसात्मक झडपमा मर्नेहरूको संख्या ३० नाघ्यो
-
२१ वर्षपछि बंगलादेशसँग अस्ट्रेलियाको ऐतिहासिक हार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण