पत्रकार महासंघ मकवानपुरका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण
मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरका जिल्ला कार्यसमितिसहित नवनिर्वाचित सदस्यहरुले पद तथा गोपनीयताको सपथसहित पदभार ग्रहण गरेका छन् ।
निर्वाचन अधिकृत धु्रवप्रसाद चौलागाईले नवनिर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य एवम् प्रदेश परिषद् सदस्य र केन्द्रीय परिषद् सदस्यहरुलाई आ–आफ्नो पद तथा गोपनीयताको सपथ गराएका हुन् ।
महासंघको जिल्ला कार्यसमितिमा निर्वाचित भएका अध्यक्ष मणिराज गौतम, उपाध्यक्ष ध्रुवप्रसाद अधिकारी, सचिव शुभलक्ष्मी विश्वकर्मा, कोषाध्यक्ष केशव सुवेदी समर्पण, सहसचिव यमप्रसाद पौडेल (एमपी शर्मा) र समावेशी सह–सचिव मन्दिरा बानियाँ (मानबी) ले सपथ लिए ।
सपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गौतमले प्रेस स्वतन्त्रताका लागि महासंघले सशक्त भूमिका निर्वाह गर्ने बताए । पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन र पत्रकारहरुको व्यक्तिगत आचरण तथा क्षमता विकासका लागि आफुले योजनाबद्ध ढंगबाट काम गर्ने उनले बताए ।
उक्त अवसरमा नेपाल पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाईं, अध्यक्ष पदका प्रत्यासी बालकृष्ण अधिकारी र जिल्ला निर्वाचन अधिकृत चौलागाईंले पत्रकारिताको विकासलाई सबै पत्रकारहरू एकजुट हुनु पर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेशका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई आज दिउँसो हेटौँडामा पद तथा गोपनीयताको सपथ गराउने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन