शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

धरहरालाई देखाएर डण्डीको भाउ बढाइयो, राष्ट्रवाद देखाएर चुच्चे नक्सा गायब पारियो

सोमबार, ३० चैत २०७७, १९ : ५३
सोमबार, ३० चैत २०७७

सांसद् गजेन्द्रबहादुर महतले प्रतिनिधिसभाको बैठकमा सरकारप्रति तिखो व्यङ्ग्य गरेका छन् । सरकारले विभिन्न बाहनामा भुलाएर जनतालाई ढाड सेक्ने काम गरिरहेको उनको आरोप छ ।

उनले भनेका छन्, ‘मेलम्चीलाई देखाएर पेट्रोल र डिजेलको भाउ बढेको छ । धरहरालाई देखाएर डण्डी र सिमेन्टीको भाउ बढेको छ । विकास र समृद्धि देखाएर नुन, तेल चामल र दालको मूल्य बढाएर जनताको ढाड सेकिएको छ ।

पार्टीभित्रको झगडा देखाएर संसद्को ढाड नै भाँचिएको छ । कोरोना देखाएर ऋणले जनता डुबाइसक्यो । राष्ट्रवाद देखाएर चुच्चे नक्सा पनि गायब पारिसक्यो ।’ यस विषयमा सबैको ध्यान जानुपर्ने उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप