अजोड इन्स्योरेन्सको तेस्रो बार्षिक साधारण सभाः बीमाशुल्क ११३.१३% संकलन, २४७.३९% खुद नाफा
काठमाडौं । अजोड इन्स्योरेन्सले तेस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क संकलनमा ११३.१३%, खुद नाफामा २४७.३९%, एवं बीमाकोषमा १०४.०८% ले वृद्धि हासिल गर्न सफल भएको छ ।
कम्पनीले आ.व. २०७६/०७७ मा कुल बीमाशुल्क ८८ करोड ४३ लाख १७ हजार २ सय १८ रुपैयाँ संकलन गरि खुद नाफा ४ करोड ५६ लाख ३४ हजार ६ सय ७१ रुपैयाँ रहेको र बीमाकोषमा ६ करोड २३ लाख ७२ हजार ६ सय ५२ रुपैयाँ संचित रहेको जनाएको छ ।
सभाले संचालक समितिको तर्फवाट अध्यक्षद्वारा प्रस्तुत आ.व. २०७६/०७७ को तेस्रो वार्षिक प्रतिवेदन उपर छलफल गरि सो लाई पारित गरेको छ । त्यसैगरी, लेखा परीक्षकको प्रतिवेदन सहित कम्पनीको आ.व. २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरी सोलाई पारित गरिएको छ ।
कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम कम्पनीको आ.व.२०७७/०७८ को बाह्य लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय पनि बैठकले गरेको छ । यसैगरी, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालकमा पानु दत्त पौडेल र सृजना सुवेदी निर्विरोध निर्वाचित भएको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा ९.५४ अंकको गिरावट, कारोबार पनि खस्कियो
-
निर्वाचन आयोगले आफ्नो जनप्रतिनिधिलाई दबाब दिएको जसपा नेपालको आरोप
-
‘लिभ-इन’बारे जिनतको समर्थनमा सोमी, भनिन्- यसले सम्बन्धविच्छेदको सम्भावना कम गर्छ
-
सलमानले माफी मागे विचार गर्न सकिन्छ : बिश्नोई समाज
-
तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति
-
कामकाजी भाषा ऐनको कार्यान्वयनमा दबाब : प्रदेशसभा सदस्य महर्जनद्वारा नेपाल भाषामा मन्तव्य