मकवानपुरमा २९ जना कोरोना संक्रमित थपिए
मकवानपुर । मकवानपुरमा पछिल्लो समय कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढ्दै गएको छ । छिमेकी मुलुक भारतसहित नेपालमा पनि कोरोनाको दोस्रो लहर सरु भएसँगै मकवानपुरमा पनि कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ ।
मकवानपुरमा बिहिबार एकजना भारतीय नागरिकसहित २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५२ जनाको स्वाबको नमुना परीक्षण गर्दा जिल्लाका विभिन्न स्थानका र बाहिरी जिल्लाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा आज सक्रिय संक्रमितको संख्या ९८ जना पुगेको छ ।
कोरोना संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका २२ जना, भीमफेदी गाउँपालिका वडा नम्बर–४ का २ जना र मनहरी गाउँपालिका वडा नम्बर–३ का २ जना र बाहिरी जिल्लाका ४ जना रहेका छन् । बाहिरी जिल्ला घर भएका तर हाल कामको शिलशिलामा हेटौंडा बस्दै आएका ४ जनामध्ये बाराका २ जना र नुवाकोटका एक जना रहेका छन् ।
संक्रमण पुष्टि हुनेमा अर्का एक व्यक्ति भने भारतीय नागरिक रहेका छन् । मकवानपुरमा बुधबार मात्र २ जना बालकसहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मकवानपुरमा हालसम्म ४ हजार जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ भने कोरोना संक्रमणका कारण ३३ जना व्यक्तिको मृत्यु भइसकेको छ । त्यस्तै ३ हजार ८ सय ६९ जना कोरोना संक्रमितहरु संक्रमणबाट मुक्त भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण