शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

देउवाद्वारा न्यौपानेको निधनप्रति दुःख व्यक्त

शुक्रबार, १० वैशाख २०७८, १८ : २७
शुक्रबार, १० वैशाख २०७८

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति दोलखाका पूर्वसभापति एवम् महासमिति सदस्य देवीप्रसाद न्यौपानेको निधनप्रति दुःख व्यक्त गरेका छन् । न्यौपानेको तामाकोशी गाउँपालिका–३ मा आफ्नै घर नजिकै रहेको रैकर भन्ने ठाउँमा रुख ढल्दा रुखले थिचेर बिहीबार निधन भएको हो । 

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उनको निधनको खबरले दुखित बनाएको उल्लेख गर्दै उनको आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । न्यौपानेले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । कांग्रेसले उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ । न्यौपानेका श्रीमती, दुई छोरा र पाँच छोरी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप