शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

खोकी लाग्दा यस्ता लक्षण देखिए हुनसक्छ कोभिड–१९ को संकेत, नठान्नुहोस् ‘कोल्ड फ्लू

आइतबार, १२ वैशाख २०७८, २० : ४६
आइतबार, १२ वैशाख २०७८

कोरोनाभाइरसको दोस्रो लहरका बीच मास्क, सामाजिक दुरी र स्वच्छतालाई कायम राख्न निकै अत्यावश्यक भएको छ । कोरोनाको यो संकटकालमा यदि तपाईं थोरै पनि असहज वा बिरामी महसुस गरिरहनुभएको छ भने तपाईं घरमा नै बसेर आफ्नो हेरविचार गर्नुहोस् । हुन त कोरोना वा सामान्य रुपमा लाग्ने खोकीलाई चिन्न मुश्किल छ तर यदि तपाईं केही विशेष कुरामा ध्यान दिनुहुन्छ भने कोभिड–१९ को संक्रमणपश्चात् लाग्ने खोकी वा अन्य लक्षणको पहिचान गर्न सक्नुहुन्छ । 

रुघा–खोकी वा कोभिड–१९ दुबै हाम्रो अपर रेस्पिरेटरी ट्र्याक्टलाई प्रभावित गर्ने भाइरसको सम्पर्कमा आएपछि हुन्छ । भाइरसको स–साना छिटा खोक्दा, हाच्छिउँ गर्दा वा बोल्दा एक व्यक्तिबाट अर्को व्यक्तिलाई संक्रमित गर्दछ । यद्यपि, ध्यानमा राख्नुपर्ने कुरा के हो भने यी दुबै भाइरस भिन्न हुन्छन् र यसका लक्षण पनि अलग छन् । साधारण रुघा–खोकीको तुलनामा कोभिड–१९ को लक्षण धेरै गम्भीर छ र घातक छ । यो रुघा–खोकीको तुलनामा बढी दिनसम्म रहन्छ । 

सुख्खा खोकीः

सुख्खा खोकी कोरोनाभाइरसको एउटा साधारण लक्षण हो । एक रिपोर्टमा दाबी गरिए अनुसार ५९ देखि ८२ प्रतिशत कोरोना बिरामीलाई सुरुमा सुख्खा खोकी लाग्छ । डब्ल्यूएचओ र चीनको फेब्रुअरी २०२० को एक साझा शोधका अनुसार ६८ प्रतिशत मानिसहरुमा सुख्खा खोकीको लक्षण भेटियो जुन दोस्रो सबैभन्दा साधारण लक्षण हो । 

कस्तो हुन्छ सुख्खा खोकीः

सुख्खा खोकीको अर्थ हो – खोकी लाग्दा खकार नआउनु । साधारणतया यस्तो खोकी चिसो लाग्दा वा फ्लूमा मात्रै देखिन्छ । यद्यपि, सुख्खा खोकी कुनै एलर्जीको पनि संकेत हो । त्यसैले कोभिड–१९ को परीक्षण पछि मात्रै यो विषयमा स्पष्ट हुन सकिन्छ । 

लगातार खोकी लाग्नुः

यदि तपाईंलाई लगातार खोकी लागिरहेको छ भने यो कोरोनाभाइरस लागेको संकेत हुनसक्छ । कोभिड–१९ मा बिरामीको गलाबाट खोकी लाग्दा लगातार एक प्रकारको आवाज निस्कन्छ । यसले मानिसहरुको आवाजमा पनि थोरै प्रभाव पार्छ । लगातार लाग्ने खोकीले घाँटीको एयरवेजलाई प्रभाव पार्ने भएकोले यस्तो हुन्छ । 

सास फेर्न समस्याः

खोकी र ज्वरोसँगै सास फेर्न समस्या भएको छ भने यो कोरोना भाइरस भएको एउटा बलियो संकेत हो । वास्तवमा लगातार खोकी लाग्दा हाम्रो सास नलीमा असाध्यै धेरै दबाब पर्छ । यस्तो स्थितिमा मानिसहरुको सास फुल्ने गर्छ । यदि यस्तो हो भने यो मौसमी फ्लू नभइ कोरोनाभाइरस हो । एक शोधमा करिब ४० प्रतिशत कोरोना संक्रमित बिरामीले सास फेर्न समस्या भएको स्वीकार गरेका छन् । 

घाँटी दुख्नुः

​घाँटी कुनै नन सिरियस डिजिज वा कोरोनाभाइरसका कारण दुख्नसक्छ । यो एक निकै असामान्य लक्षण हो जुन बिरामीमा भिन्न तरिकाले देखिने गर्छ । कोरोनाभाइर िनाक र घाँटीको झिल्लीमा प्रवेश गरेर घाँटी सुन्निने र घाउ हुने गर्छ । यदि तपाईंलाई सुख्खा खोकी, ज्वरो, थकानका साथै घाँटी दुख्छ भने यो कोल्ड वा फ्लू नभई कोरोनाभाइरस हुनसक्छ । 

सुँघ्ने क्षमता गुम्नुः
  
चिसो र रुघा–खोकी लाग्दा मानिसको नाक बन्द हुनु स्वभाविक हो । तर यदि सुख्खा खोकी र ज्वरोका साथै तपाईंको सुँघ्ने क्षमतामाथि पनि प्रभावित भइरहेको छ भने यो कोरोनाभाइरसको लक्षण हो । एक रिपोर्टका अनुसार कोरोनाभाइरस संक्रमित करिब ४१ प्रतिशत रोगीमा यो लक्षण देखिएको छ । 

कोरोनाभाइरसको स–साना लक्षण पनि बुझ्न जरुरी छ । कोरोना लक्षणको सुरुवातमा पहिचान गरेर तपाईं गम्भीर रुपमा बिरामी हुनबाट आफूलाई जोगाउन त सक्नुहुन्छ, यसो गरेर तपाईंले अरुको पनि ज्यान जोगाउन सक्नुहुन्छ । 

शरीरमा कुनै पनि लक्षण देखिने बित्तिकै घरका अन्य सदस्यबाट आफूलाई टाढा राख्नुहोस् । करिब दुई हप्तासम्म मानिसहरुको सम्पर्कमा आउनबाट जोगिनुहोस् । मास्क राम्रोसँग लगाउनुहोस् । लगातार हात धुनुहोस् र डाक्टरको सल्लाहमा औषधीको प्रयोग गर्नुहोस् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप