कोरोना संक्रमण बढ्दै गएपछि अमेरिकी राजदूतले नेपालीलाई दिए यस्तो सुझाव
बुधबार, १५ वैशाख २०७८, १३ : २१
काठमाडौं । अमेरिकी राजदूत र्यान्डी बेरीले नेपालमा कोरोना संक्रमण बढिरहेको अवस्थामा नेपालीलाई सावधानी तथा सतर्कता अपनाउन सुझाव दिएका छन् ।
नेपाली भाषामै ट्वीट गर्दै उनले भनेका छन्, ‘कृपया सबैजना मास्क लगाउनुहोस् र सकेसम्म घरमै बस्नुहोस् ।’उनले कम्तीमा दुई मिटर सामाजिक दूरी कायम राख्न र राम्रो भेन्टिलेसन नभएका तथा भिडभाड भएका क्षेत्रमा नजान पनि सुझाव दिएका छन् ।
‘नेपालमा कोभिड–१९ को संख्या निरन्तर बढ्दै गएको अवस्थामा हामी सबैले जिम्मेवार हुन अति जरुरी छ,’ ट्वीटमा उनले भनेका छन्, ‘आफू र आफन्तहरुको ख्याल राख्नुहोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्ष अघि नै एमाले सांसद्विरूद्ध पक्राउ पुर्जी जारी, पत्र घुमाएर आलटाल गर्दै प्रहरी
-
गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा
-
ज्ञानेन्द्रलाई निर्मल निवासमा नजरबन्द गरिएको हल्ला फैलिएपछि...
-
महोत्तरीमा सम्पन्न राहत शिक्षकहरूको भेलाले के-के गर्यो निर्णय ?
-
नबिल बैङ्कको बौद्ध शाखामा पाँचौँ प्रायोरिटी बैङ्किङ लाउञ्ज सुरू
-
बागमती प्रदेश सरकार र सिडिओलाई प्रेस सेन्टरले बुझायाे ज्ञापनपत्र