ओखलढुंगाका एक सरकारी कर्मचारीमा कोरोना संक्रमण
शुक्रबार, १७ वैशाख २०७८, १५ : १५
ओखलढुंगा । ओखलढुंगामा कार्यरत एकजना सरकारी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको सिद्धिचरण नगरपालिकाको तथ्याँक शाखामा कार्यरत ४० वर्षीय एक पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । गत बैशाख १० गते विवाहका लागि चितवन गएका उनी काठमाडौं हुँदै १५ वैशाखमा फर्किएका थिए । त्यसपछि उनले स्वास्थ्यमा समान्य लक्षण देखिएको भन्दै एन्टिजेन परिक्षण गराएका थिए ।
शुक्रबार गरिएको एन्टिजेन परिक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए । संक्रमित व्यक्तिसँगै अन्य दुईजनाको समेत एन्टिजेन परिक्षण गरिएकोमा अन्यको परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।
संक्रमित देखिएका ती व्यक्तिलाई नगरपालिकाको कार्यलय बन्द गराएर कार्यकक्षमै क्वारेन्टिन निमार्ण गरी स्वास्थ्यकर्मीको निगरानीमा राखिएको तिवारीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण