दुई एसपीको निलम्बन फुकुवा गर्न सिफारिस

भ्रष्टाचार मुद्दामा निलम्बन गरिएका नेपाल प्रहरीका दुई उपरिक्षक (एसपी)को निलम्बन फुकुवा गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादव र विमल बस्नेतको निलम्बन फुकुवा गर्न गृह मन्त्रालयमा सिफारिस गरेको हो ।
प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतका अनुसार इन्सपेक्टर मेघराज चौरसियालाई पनि सेवामा फिर्ता बोलाउन सिफारिस गरिएको छ । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा रहँदा उनीहरुले भ्रष्टाचार गरेको आरोपमा गृहमन्त्रालयले ०७७ मंसिरमा तीनै जनालाई निलम्बन गर्ने निर्णय गरेको थियो ।
प्रहरी प्रधान कार्यालयले दुई एसपीको ५ ग्रेड तलव घटुवा गरेको छ । इन्सपेक्टर चौरसियाको चार ग्रेड तलब घटुवा गरिएको छ ।
प्रहरी नियमावली–०७१ को नियम (११२) अनुसार अनुशासनहीन काम गरेमा, आदेश नमानेमा, बिनाकारण कार्यालयमा अनुपस्थित भएमा र लापरवाही गरेमा ग्रेड घटुवा गर्न मिल्ने व्यवस्था छ ।
प्रहरीले नियमावलीले भ्रष्टाचार गर्ने कर्मचारीलाई सेवाबाट बर्खास्त गर्ने व्यवस्था गरेको छ । तर, प्रहरी प्रधान कार्यालयले उनीहरुलाई सामान्य कारवाही गरेर बिहीबार सेवामा फिर्ता गर्नका लागी गृह मन्त्रालयमा सिफारिस गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभु साहले ‘राजनीतिक स्टन्ट’का लागि प्रधानमन्त्रीलाई प्रश्न गरेः बर्तौला
-
१७ वर्षीया किशोरीलाई ब्ल्याकमेल गर्दा हिरासतमा पुगे आईटीका विद्यार्थी
-
‘ग्लोबल साउथ’ बिच कनेक्टिभिटी र सामूहिक सहकार्य आवश्यक छ : परराष्ट्रमन्त्री देउवा
-
तिला नदीमा डुबेर बेपत्ता युवकको शव फेला
-
प्रश्नको जवाफ नदिएर प्रधानमन्त्रीले संसद्को अपमान गरे: प्रभु साह
-
‘न्यानो स्पर्श’ मा आकाश र करुणाको रोमान्स