भक्तपुरमा नक्कली नोट भेटियो
भक्तपुर–भक्तपुरमा एक हजारको नक्कली नोट भेटिएको छ ।
गत शुक्रबार भक्तपुर नगरपालिका वडा न ४ का बिर्जन ठिकेले नेपाल बैंक लिमिटेड कमलबिनायक शाखाबाट निकालेको ९ लाख ५० हजार रुपैयाँमध्ये एक लाखको
एक बिटो उक्त नक्कली नोट भेटिएको हो । बन्डलको अग्रभाग गन्दा २५ र अन्तिमबाट गन्दा ७६ स्थानमा रहेको उक्त नोट फेला परेको छ ।
ठिकेले गुडविल फाइनासन्समा पैसा राख्ने क्रममा कर्मचारीले नक्कली नोट भनेपछि तुरुन्त बैंकमा आएपनि शुक्रबार भएकाले बन्द भइसकेको बताए ।
उनले आज आइतबार भने बैंक खुल्ने बित्तिकै नेपाल बैंकका शाखा प्रमुख सन्तोष न्यौपानेलाई उक्त नोटबारे जानकारी गराएका छन् ।
ठिकेले नेपाल बैंकबाट पैसा लगेको भएपनि बैंकले रुजु गरेको ट्याग नभएर कल्याण सेभिङ नामको सहकारीको ट््याग रहेको छ ।
यसरी उक्त नक्कली नोटको बण्डलमा नक्कली नोट कहाँबाट पर्यो भन्ने अन्यौल रहेको छ । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण