शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एनआरएनए सम्मेलनका प्रतिनिधीहरु सेसन छोडी प्रचारप्रसारमा, कार्यक्रम हलमा न्यून सङ्ख्या

आइतबार, २९ असोज २०७४, १४ : ५५
आइतबार, २९ असोज २०७४


काठमाडौँ । गैर आवासीय नेपाली संघको जारी आठौं विश्व सम्मेलनमा सहभागि प्रतिनिधीहरुले अधिवेसनको सेसनमा न्युन  उपस्थिति देखाएका छन् । शनिवार देखि शुरु भएको विश्व सम्मेलनमा उद्घााटन पछिका सेसनमा प्रतिनिधीहरुको सहभागिता अति न्युन थियो ।

कार्यक्रम तालिका अनुसार निर्धारित समयमा शुरु भएको सम्मेलनको उद्घाटन सत्र सकिएपछिका कार्यक्रममा प्रतिनिधीहरुको रुची देखिएन । शनिवारको सत्रमा तय गरिएका फरक फरक शिर्षकमा विज्ञहरुको धारणा राख्ने कार्यक्रम थियो ।

एनआरएनको ड्रिम प्रोजेक्टका विषयमा संघका अध्यक्ष बोलिरहँदा सभा हलका आधा कुर्सी खाली थिए । गैर अवासीयहरुको नेपालका लगानीका अवसरहरु बारे योजना आयोगका उपाध्यक्ष स्वर्णीम वाग्ले बोलिरहेको समयमा उनका धारणा सुन्नेहरु पनि न्युन थिए । वाग्लेले ‘नेपाल भिजन २०३० र एनआरएनएको भूमिका’ विषयमा बोलेका थिए । सोहि सेसनमा अर्थराज्य मन्त्री उदयशमशेर राणाले पनि आफ्ना भनाई राखे । 

शनिवारका लागि आयोजित अर्को सेसनमा ‘आप्रवासी कामदारको कल्याण र त्यसको उचित कार्यान्वयन’ विषयमा पनि श्रोताहरुको संख्यामा कमि नै थियो । कामदारको हितका लागि गैर आवासीय नेपाली संघले गर्नसक्ने विषयहरुमा वैदेशिक रोजगार प्रबद्र्धन वोर्डका महाप्रवन्धक रघुराज काफ्लेले आफ्ना भनाई राखेका थिए । सोहि सेसनमा श्रममन्त्री फरमुल्लाह मन्सुर र नेपाल स्थित  आइएलो निर्देशक रिचार्ड होर्वार्डले कामदारहरुको हितका लागि एनआरएनको गर्नसक्ने भूमिका बारे भनाई राखे । एनआरएनए अन्तर्गतको कामदार कल्याणकारी समितीका संयोजक धरम केसीले पनि कामदारहरुको पछिल्लो अवस्था र एनआरएनले गर्नसक्ने विषयमा बोलेका थिए । 

आयोजित सेसनमा सहभागी संख्या न्युन देखिएको थियो भने प्रतिनिधीहरु आफ्नो पक्षका उम्मेदवारका पर्चा बोकेर हल बाहिर थिए । एक आपसमा भोट माग्नु तथा प्रतिनिधीहरुको संख्या थप्न प्रयासरत थिए । प्रतिनिधीहरुको दर्ता निर्धारित समय तय गरिए÷नगरिएको  प्रतिनिधीहरुलाइ पनि जानकारी छैन । आइतबार अपरान्हसम्म जारी रहेको प्रतिनिधीहरुको सूचिकरण विवाद आएर रोकिएको वताइएको छ । मतदाताको नामावलीलाई अन्तिम रुप दिन ढिलो भएकाले प्रतिनिधी संख्या यकिन हुन सकेको छैन । दुई सयबढी प्रतिनिधीहरु नामावलीमा दर्ताका लागि लाईनमा रहेको बताइएको छ । 

आइतबार जारी बन्दसत्रमा महासचिवको सांगठनिक र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमा सहभागीहरुले उठाएका प्रश्नहरुमा बद्री केसी र हिक्मत थापाले जवाफ दिइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप