इंलिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीलाई
इंलिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । लेस्टर सिटीसँग म्यानचेस्टर युनाइटेड २–१ ले पराजित भएसँगै सिटीले अन्तिमतीन खेल खेल्नुअगावै उपाधि जितेको हो । पेप गार्डीओलाको प्रशिक्षणमा सिटीले हासिल गरेको यो आठौं उपाधि हो, उनले २०१६ यता सिटीलाई प्रशिक्षण दिन थालेका थिए ।
सिटीले लिगमा ३५ खेलबाट ८० अंक जोडिसकेको थियो । हारले युनाइटेड ७० अंकमै खुम्चिएपछि सिटीको सातौं प्रिमियर लिग उपाधि पक्का भयो । खेलको १० औं मिनेटमा लुक थोमसले गोल गर्दै लेस्टर सिटीलार्ई अग्रता दिलाएपनि मासन ग्रिनउडले १५ औं मिनेटमा म्यानचेस्टर युनाइटेडबाट बराबरी गोल फर्काएका थिए । ६६ मिनेटमा काग्लर सोयुन्कुले लेस्टरबाट निर्णायक गोल गरे, २–१ ले खेल गुमाएपछि युनाइटेडले उपाधि सिटीलाई सुम्पियो ।
यस सिजन सिटीले जितेको यो दोस्रो प्रमुख उपाधि हो । यसअघि नै सिटीले दुई साताअघि लिग कपको उपाधि जितेको थियो । च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा पनि सिटीले फाइनलमा स्थान बनाइसकेको छ, जहाँउसले २९ मेइमा चेल्सीको सामना गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ