चाँगुनारायणमा एक व्यक्तिद्वारा आत्महत्या, पहिचान खुलेन
आइतबार, २९ असोज २०७४, १५ : ४४
भक्तपुर । भक्तपुरमा आत्महत्या गरेका एक व्यक्तिको पहिचान खुल्न सकेको छैन् ।
चाँगुनारायण नगरपालिका वडा नम्बर ८, सुडालमा रहेको बाल वनमा झुण्डिर आत्महत्या गरेका एक पुरुषको पहिचान खुल्न नसकेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी कृष्ण प्रसाईले जानकारी दिएका छन् ।
जङ्गलमा नामथर वतन नखुलेको अन्दाजी ४३ देखि ४६ बर्षको मंगोलियन अनुहार भएको पुरुष रहेका प्रहरीले बताएको छ ।
झुण्डी मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ घटनास्थलमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको टोली घटनास्थल गएको थियो ।
प्रहरीले लाश जाँच प्रकृति मुचुल्का सहितको प्रारम्भिक कारवाही पुरा गरी लाश पोष्टमार्टमको लागि त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ पठाइएको र थप अनुसन्धान कार्य भइरहेको डिएसपी प्रसाइले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण