शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट वडामा एकै समुदायका ९ जनाको मृत्यु

मङ्गलबार, ०४ जेठ २०७८, १२ : ४३
मङ्गलबार, ०४ जेठ २०७८

दुल्लु नगरपालिका–१२ गौरीमा कोरोनाबाट एउटै समुदायका नौ जनाको मृत्यु भएको छ ।  एक वडामा यति धेरैको कोरोना संक्रमणबाट मृत्यु भएको दैलेखमा पहिलो  हो । मृतक ६ जनामा कोरोना परीक्षण गरिएको थियो भने अन्य तीन छिमेकीको  ज्वरो आउने, शरीर र छाती दुख्ने र रुघाखोकी आउने लक्षणसहित मृत्यु भएको स्वास्थ्य चौकी गौरीका संयोजक रमेश लम्सालले बताए ।

उनीहरुको परीक्षणविनै बिरामी भएको पाँचदेखि आठ दिनमा मृत्यु भएको बताइएको छ । अन्य ६ मध्ये दुई जनाको भारतमा मृत्यु भएको थियो । बाँकी चार जनाको सुर्खेत र दैलेखमै उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य संयोजक लम्सालले बताए । कामका लागि भारत गएका स्थानीयवासी घरमा फर्केसँगै १५ दिनभित्र नौ जनाको कोरोनाका कारण मृत्यु भएको हो ।  

एउटै टोलमा एक सयभन्दा बढी बिरामी रहेको खबर पाएपछि उपचारका लागि चिकित्सकसहितको टोली लिएर परीक्षणका लागि पुगेको दुल्लु नगरपालिका प्रमुख घनश्याम भण्डारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप