केन्द्रीय संस्करण

एक सातामै कंगनाले जितिन् कोरोना

person explore access_timeजेठ ४, २०७८ chat_bubble_outline0

मुम्बई । अभिनेत्री कंगना रनौतले कोरोना जितेकी छन् । उनले एक सातामा कोरोना जितेकी हुन् । आफुले कोरोना जितेको इन्स्टाग्राममा एक स्टोरीमा पोष्ट गर्दै जानकारी दिएकी छन् । कंगनालाई गत मे ८ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित भएपछि उनले आफुलाई क्वारेन्टाइन गरेकी थिइन् ।

कंगनाले इन्स्टाग्राममा लेखेकी छन्–‘आज म कोभिड नेगेटिभ भएकी छु । यो भाइरसलाई मैले कसरी हराए भन्ने विषयमा धेरै भन्न चाहान्छु । तर मलाई कोडि फ्यान क्लबले परिधिमा रहन भनेको छ ।’
८ मेमा कोभिड पोजिटिभ भएको बताएकी कंगनाले उक्त समय शिव लिंगको नजिक ध्यान गरेको मुद्रामा आफ्नो तस्बिर सार्वजनिक गरेकी थिइन् ।

कामको कुरा गर्ने हो भने कंगना छिट्टै फिल्म ‘थलाइवी’ मा देखिँदैछिन् । फिल्म अप्रिलमा रिलिज हुने तरखरमा थियो । कोरोनाको कहरका कारण रिलिज रोकियो । यसको अलवा उनी ‘तेजस’ र ‘धाकड’ जस्ता फिल्ममा पनि देखिनेछिन् ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.