जनमैत्री अस्पताललाई कोरियाबाट अढाई लाख सहयोग
कोरोनाको उपचारका लागि सञ्चालनमा ल्याइएको बालाजुस्थित जनमैत्री कोभिड अस्पताललाई कोरियामा रहेका नेपालीहरुले २ लाख ४७ हजार ६४४ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
आर्थिक अवस्था कमजोर भई कोरोनाको उपचार गर्न असमर्थ एवं विपन्न जनताको निःशुल्क उपचारका लागि ग्यालेक्सी फोरके टीभी र रबि लामिछाने फाउन्डेसनको यो अस्पताललाई सहयोग गर्दै आएको छ ।
अस्पतालमा हाल ४२ जना उपचाररत छन् । जसमध्ये ६ जना आईसीयु र अन्यले ईमर्जेन्सी सेवाको लाभ लिइरहेका छन् ।
स्वतन्त्र अभियन्ताहरुको पहलमा कोरियामा एकहप्ते स्वेच्छिक राहत संकलन कार्यक्रम गरिएको थियो । संकलित रकम हाल नेपालमा रहेका एक सामाजिक अभियन्ताको खातामा पठाइएको र अझै सहयोग आउने क्रम जारी रहेकाले केही दिनमै संकलित रकम अस्पताललाई हस्तान्तरण गरिने नेपालस्थित सामाजिक अभियन्ता यम श्रेष्ठले बताए ।
उपचार खर्च तिर्न नसक्ने कोभिडका बिरामीको सम्पूर्ण खर्चको जिम्मेवारी अस्पतालले लिने र अन्यका लागि सरकारले तोकेको भन्दा सस्तोमा उपचार गर्ने फाउन्डेशनले जनाएको छ ।
–बबिता ओलीबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार, मापदण्ड विपरीत सञ्चालन भएको खुलासा
-
न्याय माग्दै डाक्टरहरूद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरो : सञ्चारमन्त्री तिमिल्सिना
-
हलेसीमा विपन्नलाई भूकम्प प्रतिरोधी नयाँ घर हस्तान्तरण
-
धूमिलका तीन कविता
-
लेबनानमा शान्ति रक्षकको हत्या भएको घटनाको राष्ट्रसङ्घद्वारा निन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण