शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

प्रहरीका चार जना डीआईजीको सरुवा

शुक्रबार, २९ जेठ २०८३, २२ : १३
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • नेपाल प्रहरीका चार जना डीआईजीहरूको सरुवा भएको छ ।
  • गृहमन्त्री सुधन गुरुङले शुक्रबार डीआईजीहरूको सरुवा गर्ने निर्णय गरेका हुन् ।
  • सानुराम भट्टराईलाई सुदूरपश्चिम, ओम अधिकारीलाई मधेस, गोविन्द थपलियालाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय र ओम रानालाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ ।

काठमाडौँ । नेपाल प्रहरीका चार जना डीआईजीहरुको सरुवा भएको छ । गृहमन्त्री सुधन गुरुङले शुक्रबार डीआईजीको सरुवा गर्ने निर्णय गरेका हुन् । 

सानुराम भट्टराईलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । मधेस प्रदेशमा ओम अधिकारीलाई पठाइएको छ । 

मधेसमा कार्यरत गोविन्द थपलियालाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय र सुदूरपश्चिममा कार्यरत ओम रानालाई प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप