बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले कार्यदलको बैठक स्थगित

बुधबार, ०५ जेठ २०७८, १९ : ००
बुधबार, ०५ जेठ २०७८

नेकपा एमालेको विवाद मिलाउन गठन गरिएको १० सदस्यीय कार्यदलको आजका लागि बोलाएको बैठक स्थगित भएको छ । आजको बैठकमा कार्यदलको कार्यविधि,आचारसंहिता र कार्यक्षेत्रबारे छलफल हुने कार्यसूची रहेको थियो ।
आजलाई तय गरेको बैठकमा सवै सदस्य सहभागी असम्भव भएकाले बिहीबार बेलुका ५ बजे बस्नेगरी बैठक स्थगित भएको एमाले संसदीय दलका उपनेता समेत रहेका नेता सुवास नेम्वाङले रातोपाटीलाई जानकारी दिए । 

‘हामीले आन्तरिक छलफल गर्यौ । छलफलमा सबै सदस्य सहभागी भएर मात्रै बैठक बस्दा राम्रो भन्ने ठहर रह्यो । आजको बैठकमा शंकर कमरेड आइपुग्न नसक्ने भएकाले भोलिलाई राखियो’, नेम्वाङले भने,  ‘भोली ५ बजे बैठक बसेर अघि बढ्छ ।’ 

आइतबार गठित कार्यदलले तीन दिनभित्र काम सक्ने बनाइएपनि बैठक बस्नै सकस पर्दै आएको छ ।  कार्यदलको पहिलो बैठक मंगलबार बसेको थियो । सो दिनको बैठकले पार्टी पङ्क्तिलाई एकआपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने कामबाट अलग रहन पार्टी पङ्क्तिलाई आव्हान गरेको थियो । 

कार्यदलमा अध्यक्ष ओली र माधव नेपाल पक्षका ५–५ जना नेता रहेका छन् । जसमा ओलीका तर्फबाट एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री समेत रहेका नेता विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल छन् । उता, वरिष्ठ नेता माधव नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट कार्यदलमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप